शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंका : विप्रेषणवापत् प्राप्त हुने डलरलाई प्रोत्साहनका लागि थप भत्ता दिइने

श्रीलंका : विप्रेषणवापत् प्राप्त हुने डलरलाई प्रोत्साहनका लागि थप भत्ता दिइने

श्रीलंका सरकारले अनुमति प्राप्त बैंक तथा अन्य औपचारिक च्यानलमार्फत् अमेरिकी डलर पठाउने श्रीलङ्काका विदेशमा रहेका कामदारले प्राप्त गर्दै आएको हालको प्रोत्साहन रकम बढाउने प्रस्तावलाई अनुमोदन गरेको छ।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८

कोलम्बो- श्रीलंका सरकारले अनुमति प्राप्त बैंक तथा अन्य औपचारिक च्यानलमार्फत् अमेरिकी डलर पठाउने श्रीलङ्काका विदेशमा रहेका कामदारले प्राप्त गर्दै आएको हालको प्रोत्साहन रकम बढाउने प्रस्तावलाई अनुमोदन गरेको छ।

National life

मंगलबार कोलोम्बोमा मन्त्री परिषद्को बैठकपछि सञ्चारमाध्यमलाई गराइएको जानकारी अनुसार केन्द्रीय बैंकले विदेशी कामदारले विप्रेषणमार्फत् तिरेको प्रत्येक डलरको ३८ रुपैयाँ (०.१७ अमेरिकी डलर) भुक्तानी गर्ने घोषणा गरेको हो। यसअघि केन्द्रीय बैंकले विप्रेषणमार्फत् श्रीलङ्का पठाएको प्रति डलर १० रुपैयाँ (०.०४ डलर) तिरेको थियो।

मन्त्रालयका प्रवक्ता अधिकारीले विदेशी भूमिमा रहेका श्रीलङ्काली नागरिकल वार्षिक करिब ७ देखि ८ अर्ब अमेरिकी डलर श्रीलङ्कामा पठाउने गरेको बताए। 

सरकारले सन् २०२१ मा अमेरिकी डलरको विनिमय दर २०० रुपैयाँ कायम गरेपछि विप्रेषण बापत् प्राप्त हुने यो रकम करिब २.५ अर्ब डलरले घटेको थियो। विदेशमा काम गर्ने श्रीलङ्कालीलाई औपचारिक माध्यमबाट पैसा पठाउन प्रोत्साहन भत्ता बढाउने निर्णय लिइएको हो।

फागुन २४ गते एक अमेरिकी डलरको आधिकारिक खरिददर २२५.२० रुपैयाँ रहेको केन्द्रीय बैंकले मङ्गलबार दिउँसो जनाएको छ। अमेरिकी डलरको बिक्री दर भने सोमबार घटेको मूल्य अनुसार २२९.९९ रुपैयाँमा कायम भएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 09, 2022| 05:30 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।