मंगलबार, मंसिर १९, २०८०

चुनावमा पार्टीपंक्ति एकजुट राख्ने सूत्रको खोजीमा कांग्रेस

‘तदर्थ समिति कत्रो र कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। अहिले नै टुंगो लागेको छैन,’ एक पदाधिकारी भन्छन्। यद्यपि पार्टीका औपचारिक/अनौपचारिक फोरममा भातृसंस्थाका विषयमा छलफल भइरहेको छ।
 |  मंगलबार, फागुन २४, २०७८
averest bankaverest bank

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- प्रायः विवादमा अल्झिरहने नेपाली कांग्रेस पछिल्लो एक महिनायता धेरै निर्णय र कार्यान्वयनमा एकजुट छ। पार्टीको आन्तरिक जीवनमा असर पार्न सक्ने र सत्ताको नेतृत्वमा समेत रहेकाले राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा पनि गरेका निर्णय सफल देखिकाले कांग्रेसलाई एकजुट बनाएको विश्लेषण भइरहेको छ। 

sagarmatha cement

केन्द्रीय कार्यसम्पादन समिति गठन र एमसीसीका विषयमा गरिएको निर्णयमा एकमत कांग्रेसमा यतिबेला सम्भावित विवादका दुई वटा विषयमा अगाडि आएका छन्। तीमध्ये पहिलो हो, लामो समय महाधिवेशन नभएका पार्टीका भातृसंस्थाको तदर्थ समिति गठन। २०७९ वैशाख ३० गते हुने निर्वाचन तयारी र उम्मेदवार चयनमा पनि सबै शक्तिसमूहलाई चित्त बुझ्नेगरी निर्णय गर्न नसके पार्टीमा विवादको वीजारोपण हुनसक्ने नेताहरूकै आकलन छ। यसमा दोस्रो विषयलाई पहिलो विषयले प्रभाव पार्नेछ। 

कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित अभियान सुरु गर्ने तयारीमा छ। ‘घर-घर जाउँ, कांग्रेस जिताऔं’ अभियान फागुन २९ देखि एक महिनासम्म सञ्चालन गरिने कांग्रेसले जनाएको छ। चुनावी तयारीका लागि जनताका घरसम्म जाने योजनामा रहेको कांग्रेसभित्रको यो एकता कायमै रहन्छ वा पार्टीमा फेरि विवादको शृंखला सुरु हुनेछ? कांग्रेसवृत्तमा एउटा चासोको विषय छ। सभापति देउवाले फागुन मसान्तभित्रै गर्ने एउटा निर्णयमा निर्भर रहनेछ।

फागुन ३ गतेको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय अनुसार देउवाले अबको एक साताभित्र भातृसंस्थाहरुको तदर्थ समिति गठन गरिसक्नुपर्ने छ।

प्रकाशित: Mar 08, 2022| 21:10 मंगलबार, फागुन २४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्