बिहीबार, फागुन २१, २०८२

तेक्वान्दो छनोटमा काठमाडौं टिम च्याम्पियन

बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ। १४ स्वर्ण, ५ रजत र १ कास्य जित्दै टिम च्याम्पियन बनेको हो।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ। १४ स्वर्ण, ५ रजत र १ कास्य जित्दै टिम च्याम्पियन बनेको हो।

बागमती प्रदेश तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ४ कास्य जितेको चितवन दोस्रो भएको छ। तेस्रो स्थानको धादिङले ३ स्वर्ण, २ रजत र ४ कास्य हात पार्‍यो।

आयोजकले गत पुस १५ देखि १७ गतेसम्म आयोजना गरेको मेयर कप तेक्वान्दोलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा काठमाडौं जिल्ला तेक्वान्दो संघलाई सम्मान गरेको थियो।

त्यस्तै, सोही प्रतियोगितामा पदक जित्न सफल बागमतीका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। स्वर्णलाई ५, रजतलाई ३ र कांस्यलाई २ हजार नगदबाट पुरस्कृत गरियो।

राष्ट्रिय टिम तयारीका लागि आयोजित दुईदिने छनोट प्रतियोगितामा २ सय ४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

kumari

प्रकाशित: Mar 08, 2022| 20:45 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।