बिहीबार, फागुन २१, २०८२

अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध नेपालको लगातार दोस्रो जित

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं– श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ। श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा नेभीलाई ८१ रनले पराजित गरेको हो। नेपालको यो लगातार दोस्रो जित हो।

नेपालले प्रस्तुत गरेको १९७ रनको विजयी लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा ११५ रनमा अलआउट भयो। नेपालका लागि पवन सरार्फले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछाने, विक्रम सोब र कुशल भुर्तेलले १–१ विकेट लिए।

त्यसअघि नेपालले ४३.४ ओभरमा अलआउट हुँदै १९६ रन बनाएको थियो। नेपालले टस हारेर ब्याटिङको निम्ता पाएको थियो। नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले। ऐरीले ६३ रन जोड्दा भीम सार्कीले २८, विवेक यादवले २६, पवन सर्राफले २२ र कप्तान सन्दीप लामिछानेले अविजित १४ रनको योगदान गरे।  

यसअघि सोमबार भएको खेलमा पनि नेपालले श्रीलंका नेभीलाई १११ रनले पराजित गरेको थियो। अर्को सातापछि यूएईमा हुने आईसीसी विश्वकप लिग २ को तयारीका लागि अभ्यास खेल खेल्न नेपाली टोली श्रीलंका गएको हो। कार्यक्रम छ।

नेपालले अब श्रीलंका पुलिस र कोलम्बो ११ सँग खेल्न बाँकी छ। श्रीलंकामा अभ्यास खेल सकिएपछि नेपाली टोली उतैबाट यूएई प्रस्थान गर्नेछ।

kumari

प्रकाशित: Mar 08, 2022| 17:15 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।