शनिबार, चैत ११, २०७९

ग्लोबल आइएमईबाट मालपोतको राजस्व संकलन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
चितवन- ग्लोबल आइएमई बैंकले आइतबार देखि मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा सुरु गरेको छ। 

बैंकले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको हो। उक्त काउन्टर ग्लोबल आइएमई बैंकको नारायणगढ शाखाको अन्तर्गत संचालन हुन जनाएको छ। 

यसअघि बैंकले यातायात व्यवस्था कार्यालय सतुङगल, यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशीको इटहरी र नारायणीको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ।

त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय किर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर तथा आन्तरिक राजश्व विभागको धरान, जनकपुर, लाहान र तुल्सीपुर, दाङको कार्यालय लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।