बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नारी बचत खातावाला सुत्केरी हुँदा सनराइज बैंकले १० हजार दिने

नारी बचत खातावाला सुत्केरी हुँदा सनराइज बैंकले १० हजार दिने

सनराइज बैंकले नारी दिवसको अवसरमा पारेर आउँदो चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउने भएको छ।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं– सनराइज बैंकले नारी दिवसको अवसरमा पारेर आउँदो चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउने भएको छ।

बैंकले  महिलाहरूलाई लक्षित गर्दै ‘नारी बचत खाता’मा चैत १ देखि घातक रोगको बिमा सुविधा दिन लागेको बैंकका ब्रान्ड म्यानेजर सुमन थापाले बताए।

यस्तै, बैंकले चैत १ देखि ‘नारी बचत खाता’ वाला सुत्केरी हुँदा १० हजार रुपैयाँ बोनसस्वरूप प्रदान गर्ने भएको छ। उक्त सुविधा सरकारी अस्पतामा डेलिभरी हुने महिलाले मात्रै प्राप्त गर्ने बैंकले बताएको छ।

महिलाहरूमा डेलिभरीको समयमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न र अस्पताल जानका लागि प्रोत्साहन गर्न बैंकले साथ दिएको थापाले बताए। 

प्रकाशित: Mar 08, 2022| 12:19 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्