बिहीबार, मंसिर १८, २०८२

मेगाको ‘मेहन्दी उत्सव’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले मेगा मेहन्दी उत्सव मनाएको छ। 

महिला ग्राहकहरुका लागि मेगा बैंकले पहिलोपटक मेहन्दी उत्सव आयोजना गरेको हो। साउन महिनाभर चल्ने यो उत्सवमा ग्राहकहरुले मेगा बैंकका बिभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन्।  

बुधबार मेगा बैंकको राइजिङ मलस्थित मुख्य शाखामा मेहेन्दी लगाउन ग्राहकहरुको भीड थिया। मेहन्दी उत्सव आयोजना गरेकोमा बैंकलाई धन्यवाद दिँदै ग्राहकहरु मेहेन्दी लगाउन व्यस्त थिए। 

यो उत्सव मेगा बैंकका राजधानी र राजधानीबाहिरका हरेक शाखामा पालैपालो हुनेछ। इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरेर आकर्षक मेहेन्दी लगाउन सक्ने मेगा बैंकले जनाएको छ। 

मेगा बैंकले नेपाली नारीहरुलाई लक्षित गरी यस्ता सांस्कृतिक र सामाजिक अभियान संचालन गर्नुका साथै नारी सिर्जनशील बचत खाता र मेगा जीवनसाथी बचत खाता जस्ता आकर्षक बचत योजना पनि संचालन गर्दै आएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्