धनगढी- सहिद स्मारक ए डिभिजन लिगको विजेता काठमाडौंको मछिन्द्र क्लबले आज खप्तड गोल्डकपको बागमति क्लब सर्लाहिको सामना गर्नेछ।
पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपमा बाई पाएको मछिन्द्रले पहिलो खेलमै बागमतिको सामना गर्न लागेको हो।
बागमतिले यसअघि अर्को बलियो क्लब एनआटीलाई पेनाल्टी सुटआउटमा हराएको थियो। यससँगै बागमतिले गोल्डकपमा ठूलो जित निकालेको थियो।
‘एनआटीवरुद्ध खेल्न पाउनु नै हाम्रो ठूलो उपलब्धि हो। त्यसपथि यो जित हाम्रो सबैभन्दा ठूलो उपलब्धि थियो,’ खेलपछि बागमतिका प्रशिक्षक रोजित केसीले भनिसकेका छन्।
अहिले बागमति एक्सपोजरको खोजिमा छ। यसकारण उसले मोफसलका प्रतियोगिता खेलेर सी डिभिजन छनोट खेलिरहेको छ। बागमति आजको खेलमा पनि जितको लक्ष्यका साथ मैदान उत्रिने छ।
यता मछिन्द्र लिगमा देखाएको रवाफिलो यात्रा कायम नै राख्नेछ। एसले लिगमा कुनै खेलमा हार बेहोरेको छैन। त्यसैले आजको खेलमा पनि जित निकाल्दै सेमिफाइनलमा यात्रामा रहने तर्खरमा छ। मछिन्द्र खप्तड गोल्डकप खेल्न सोमबार धनगढी आइपुगेको हो।