बुटवल- वर्षाका कारण पहिरो झरेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल- तानसेन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
पाल्पाको दोभान-३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट खसेको पहिरोका कारण मंगलबार राति १२ बजेबाट सडक अवरुद्ध भएको थियो । धेरै ठूलो पहिरो भएकाले एकतर्फी रुपमा मात्रै सञ्चालन गरिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी सहायक निरीक्षक ढाकाराम अधिकारीले बताए ।
लेदो माटो र ढुङ्गासहित झरेको पहिरो वर्षा रोकिएपछि मात्रै हटाउन थालिएको थियो । पहिरो झरेर सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै अर्घाखाची, पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ लगायतका जिल्लाबाट बुटवल आउने जाने सवारी साधन सञ्चालन भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४