सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भाइरल भएका गाउँपालिका प्रमुख भन्छन् – घरमा बन्दुक छ तर बोकेर हिँडेको छैन

भाइरल भएका गाउँपालिका प्रमुख भन्छन् – घरमा बन्दुक छ तर बोकेर हिँडेको छैन

बन्दुक बोकेर हिँड्ने गाउँपालिका अध्यक्ष भनेर सामाजिक सञ्जालमा भाइरल भएका जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भाइरल भएको तस्बिर आफ्नो नभएको बताएका छन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं– बन्दुक बोकेर हिँड्ने गाउँपालिका अध्यक्ष भनेर सामाजिक सञ्जालमा भाइरल भएका जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भाइरल भएको तस्बिर आफ्नो नभएको बताएका छन्। अहिले भाइरल भइरहेको तस्बिरमा देखिएको बन्दुक बोकेको मान्छे आफू नभएको उनको दाबी छ।

National life

नेपाल समयसँग कुरा गर्दै अध्यक्ष बस्नेतले राजनीतिक प्रतिशोध लिन अर्कै व्यक्तिको तस्बिरलाई आफ्नो भनेर प्रचार गरिएको बताए। ‘पहिलो कुरा त मलाई मोटरसाइकल नै चलाउन आउँदैन। घरमा पुरानो बन्दुक त छ तर पदमा बसेको भएर बोकेर हिँड्ने कुरा आउँदैन।’

नेपाली कांग्रेस जाजरकोटका सचिवसमेत रहेका बस्नेतले आफू अहिले गाउँपालिकामै रहेको बताउँदै घरमा बन्दुक भएको थाहा पाएर दुष्प्रचार गर्न खोजिएको दाबी गरे। तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रमुख जिल्ला अधिकारीले सोधपुछका लागि प्रहरीलाई फोन गर्न लगाएपछि आफूले जवाफ दिइसकेको उनले जानकारी दिए।

गाउँपालिका अध्यक्षको भनिएको तस्बिर

प्रकाशित: Mar 07, 2022| 16:49 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।