बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा केसी पक्ष र सरकारी टोली निर्णायक वार्तामा : आजै अनशन तोडाउने तयारी

डा केसी पक्ष र सरकारी टोली निर्णायक वार्तामा : आजै अनशन तोडाउने तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- २६ दिनदेखि अनशनरत डा गोविन्द केसी पक्षधर र सरकारी वार्ता टोली निर्णायक वार्तामा बसेका छन् । सिंहदरवार स्थित शिक्षा मन्त्राललमा जारी  वार्तालाई निर्णायक बनाउने गरि दुबै पक्ष वार्तामा बसेका हुन् । 

आजको वार्तामा दुबै पक्ष लचकताका साथ प्रस्तुत भएको स्रोतले जनाएको छ । सकेसम्म आजै डा केसीको अनशन तोडाउने गरी दुबैपक्षबीच छलफल भइरहेको वार्तामा सहभागी एक सदस्य जानकारी दिए । 

डा केसीलाई काठमडौं ल्याएपछि करिब ५ दिन जसो वार्ता ठप्प रहेको अवस्थामा मंगलबारबाट एकाएक वार्ताको माहोल तयार भएको थियो । हिजोदेखि नै अनौपचारिक छलफल भएको थियो भने साझ औपचारिक वार्ता भएको थियो । हिजोको वार्तामा विधेयक फिर्ता लिने विषयमा सहमती हुन सकेको थिएन् । आज सो विषयमा सहमती जुटाउन दुवै पक्ष लचक बनेका  छन् । 

चिकित्सा क्षेत्रका विज्ञहरुसँग प्रधानमन्त्रीको छलफल

दुई पक्षबीच औपचारिक वार्ता सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डा. गोविन्द केसीको मागको विषयमा चिकित्सा क्षेत्रका विज्ञहरुसँग छलफल गरेका थिए । छलफलमा उनले के के माग कसरी सम्बोधन गर्न सकिन्छ भनेर विज्ञहरुसंग राय मागेका थिए । छलफलका क्रममा ओलीले चिकित्सा शिक्षाको विषयमा डा. केसी र आफ्नो समान मत भए पनि उनको मागमा राजनीति भएको भन्दै गुनसो गरेका थिए । 

छलफलमा चिकित्सा शिक्षा सुझाव कार्यदलका संयोजक केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहलगायत सहभागी थिए ।

प्रधानमन्त्रीलाई सरकारी वार्ता टोलीको ब्रिफिङ 

आजै सरकारी वार्ता टोलीले टोलीले अहिलेसम्म भएको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ । सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव खगराज बरालले बालुवाटार पुगेर वार्ताका क्रममा देखिएको अड्चन र प्रगतिका बारेमा जानकारी गराएका हुन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार वार्ता टोलीले अहिलेसम्मका प्रगति र सम्भावित सहमतिको खाकाबारे ब्रिफिङ गरेको थियो । त्यस क्रममा प्रधानमन्त्रीले यसबारेमा सरकारको तर्फबाट गम्भीरतापूर्वक कदम चाल्न टोलीलाई निर्देशन दिएका थिए । 

यता २६ दिनदेखि अनशनमा बसेका डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । मुटुको चाल अनियन्त्रित भएको छ भने नशामा संक्रमण देखिएको छ । उनलाई बोल्न कठिन हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सहरुले उनलाई जुनसुकै बेला जे सुकै हुनसक्ने चेतावनी समेत दिएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।