बुधबार, असार ३१, २०८३

अवरुद्ध सडक खुलाउँदा भरतपुरमा झडप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- तीन पांग्रे अटो रिक्सा व्यवसायीहरूले अवरोध गरेको सडक खुलाउन प्रहरीले बल प्रयोग गर्दा चितवन सदरमुकाम भरतपुरमा झडप भएको छ । 

त्यसक्रममा करिब २५ सेल अश्रु ग्यास प्रहार गरिएको चितवन प्रहरीले जनाएको छ। व्यवसायीहरूले प्रहार गरेको ढुंगा लागेर तीन जना प्रहरी घाइते भएका छन् । व्यवसायीहरूतर्फ घाइते भएकाहरूको संख्या यकिन भइसकेको छैन।

आक्रोसित व्यवसायीले एउटा मोटरसाइकल जलाइदिएका छन्। जिल्ला प्रशासन चोकदेखि बसपार्कसम्मको इलाका तनावग्रस्त छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।