बिहीबार, फागुन २१, २०८२

खप्तड गोल्डकपमा सुदूरपश्चिम ११ लाई हिमालयन शेर्पाको चुनौती

पाँचौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम ११ ले सोमबार पाहुना क्लब हिमालयन शेर्पाको सामना गर्दैछ। हिमालयन शेर्पाले एक खेल खेलिसकेको छ भने आयोजकले खेलेको छैन।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

धनगढी– पाँचौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम ११ ले सोमबार पाहुना क्लब हिमालयन शेर्पाको सामना गर्दैछ। हिमालयन शेर्पाले एक खेल खेलिसकेको छ भने आयोजकले खेलेको छैन।

यसअघिको खेलमा नव जनजागृति युवा क्लब सल्यानविरुद्ध ४–० को जित निकालेर क्वार्टरफाइनलमा पुगेको थियो। क्वार्टरफाइनल पुग्ने क्रममा फरवार्ड उलरिच सिवेले दुई गोल गरेका थिए।

आज शेर्पाले आयोजक आयोजकको सामना गर्न लागेको हो। दुई वर्षअघि सम्पन्न भएको प्रतियोगितामा आयोजकले उपाधि जितेको थियो। त्यस हिसाबमा यो टिम उपाधि विजेतासमेत हो।

‘हामीले घरेलु मैदानमा खेल्दैछौं। हामीले महिना दिन अघिबाट मैदानमा अभ्यास पनि गरिरहेकै छौं। हामी साविक विजेता पनि हो। यो वर्ष पनि टिम राम्रो छ,’ सुदूरपश्चिमका कप्तान गजेन्द्र साहीले भने, ‘हामी हिमालयन शेर्पाविरुद्ध निकै राम्रो खेल प्रस्तुन गर्नेछौं।’

उनले तयारी राम्रो गरिरहेको बताएका छन्। त्यस्तै टिममा पनि धेरै खेलाडी ए डिभिजन खेलेका खेलाडी नै छन्। ‘ए डिभिजन खेल्ने कैलालीका खेलाडी र स्थानीय खेलाडी थप गरेर टिम बनाएको हो। सबै खेलाडीको फिटनेस राम्रो छ,’ उनले भने।

kumari

उनले खप्तड गोल्डकप सुरु भएपछि स्थानीय फुटबलमा धेरै प्रभाव परेको पनि बताएका छन्। त्यसको फलस्वरुप आफूहरुले अघिल्लो संस्करण जितेको पनि बताएका छन्।

यो सुरु भएपछिको पाँच वर्षभन्दा धेरै भयो। यहाँबाट जति खेलाडी ए डिभिजन खेल्न पुगेको छ। त्यो गोल्डकपकै  देन हो। ‘किनभने बाहिरबाट राम्रो खेलाडी र प्रशिक्षक आएर जज गरेर लिगमा लैजाने गरेका छन्। ए डिभिजन खेल्न पुग्नुको आधार नै खप्तड गोल्डकप हो,’ साहीले भने।

उनले ए डिभिजन खेलेर बलियो भएर आएको ए डिभिजन टिम भएकाले उसलाई बिड गर्न बलियो रणनीति बनाएको बताएका छन्। खेल अपराह्न आज चार बजे धनगढी कभर्डहलमा सुरु हुनेछ।

प्रकाशित: Mar 07, 2022| 11:04 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।