बुधबार, जेठ २०, २०८३

प्रदेशसभा सदस्यसँग सहकार्य गर्दै कर्णालीका युवा

फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले पहिलो चरणमा छानिएका १० जिल्लाका ५० युवालाई संसदीय प्रक्रिया, कानुन निर्माण र कर्णालीका विभिन्न सामाजिक आयाममा आधारित भएर तालिम दिइएको जानकारी दिए।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

कर्णाली- कर्णालीका १२ युवाले प्रदेशसभा सदस्यसँग संसदीय र कानुन निर्माण प्रक्रियाबारे ज्ञान सहायकका रुपमा सहकार्य गर्ने भएका छन्।

National life

अमेरिकी राजदूतावास काठमाडौंको सहयोग, पोखरा रिसर्च सेन्टरको सहकार्य तथा ऋति फाउन्डेसन सुर्खेतको सञ्चालनमा पूर्वव्यावसायिक संसदीय सहयोग कार्यक्रम (पिपिएसपी कर्णाली फेलोशिप) अन्तर्गत युवाले प्रदेशसभा सदस्यसँग काम गर्ने भएका हुन्। 

फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले पहिलो चरणमा छानिएका १० जिल्लाका ५० युवालाई संसदीय प्रक्रिया, कानुन निर्माण र कर्णालीका विभिन्न सामाजिक आयाममा आधारित भएर तालिम दिइएको जानकारी दिए।

‘युवालाई नीति निर्माणमा जोड्न कार्यक्रम उपयोगी हुनेछ, युवाले पनि संसदीय प्रक्रिया, सार्वजनिक नीति निर्माणबारे उत्सुकता जनाएका छन्’, उनले भने, ‘अन्तिम चरणमा छनोट हुने १२ जनाले मात्र प्रदेशसभा सदस्यसँग काम गर्न पाउनेछन।’ पहिलो चरणमा ५० जनामध्येबाट दोस्रो चरणमा २५ र अन्तिम चरणमा १२ जना छनोट हुनेछन्।

ती १२ जनाले मात्र कर्णाली प्रदेशसभाका सदस्यसँग छ महिना नजिक रहेर काम गर्न पाउनेछन्। यसअघि कर्णालीका सबै जिल्लाबाट फेलोशिपका लागि प्राप्त ३०० आवेदनबाट ५० प्रारम्भिक छनोटमा परेका थिए। 

Shivam cement

प्रकाशित: Mar 07, 2022| 09:15 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।