बुधबार, असार ३१, २०८३

तेस्रो मुलुकको आयातले स्वदेशी मरिचको बिक्री ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भद्रपुर- तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानको उत्पादन बिक्री हुन छाडेको छ। 

झापाका अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गर्छ। तर, बिक्री नहुँदा किसान मारमा परेका छन्। 

अर्जुनधारा नगरपालिकाको कृषि शाखाका अधिकृत शालिकराम भट्टराईका अनुसार जिल्लामा आर्थिक वर्ष ०७४/७५ मा १७ मेट्रिक टन मरिच उत्पादन भएको छ। सुपारीको बोटमा लहराएर फल्ने भएकाले मरिचको खेतीलाई ‘परजीवी खेती’पनि भनिन्छ।

गत वर्ष प्रतिकिलो मरिच १६ सय रुपैयाँमा घरबाटै बिक्री भएको थियो । यसवर्ष प्रतिकिलो चार सयमा समेत बिक्री नभएको अर्जुनधारा-१० का दिनबन्धु पोखरेलले बताए। 'मैले यसपालि ६ सय किलो मरिच उत्पादन गरेको छु,' उनले भने, 'तस्करी गर्न तेस्रो मुलुकबाट आयात गरिएको मरिचका कारण हाम्रो उत्पादन बिकेन।' 

बुद्धशान्ति गाउँपालिका-७ का योगेश निरौलाको पीडा पनि उस्तै छ। तेस्रो मुलुकबाट मरिचको आयातमा प्रतिबन्ध लगाए मात्रै स्थानीय उत्पादनले उचित मूल्य पाउने उनले बताए। 

काँकडभिट्टास्थित मेची भन्सारबाट आव ०७४\७५ मा ९६ हजार आठ सय किलो मरिच आयात भएको थियो। भन्सार प्रमुख टेकबहादुर अर्यालका अनुसार इन्डोनेसिया, श्रीलंकालगायत तेस्रो मुलुकबाट मरिच आयात हुने गरेको छ। 

नेपाल आउने तेस्रो मुलुकको अवैध मार्गबाट भारत पुर्याइने गरेको छ। इलाका प्रहरी काँकडभिट्टाले तीन दिनअघि मेचीनगर-६ भान्सा खोलाबाट अवैध रूपमा भारत लैजाँदै गरेको पाँच सय किलोभन्दा बढी मरिच बरामद गरेको डीएसपी टंकप्रसाद भट्टराईले जानकारी दिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।