बिहीबार, फागुन २१, २०८२

ला लिगा : बार्सिलोनाको पुनरागमन जित

पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ। खेलमा पुनरागमन गर्दै बार्सिलोनाले इल्चेलाई २-१ ले पराजित गरेको हो।

पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको ६० औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै खेल बराबरीमा फर्काए। खेल बराबरी भएपछि तनावमा देखिएको इल्चेले खेलको ८४ औं मनेटमा अर्को गोल खाएको हो। बार्सिलोनाका लागि निर्णायक गोल मेम्फिस डीपले गरे।

खेलको ८८औं मिनेटपछि इल्चे १० खेलाडीमा सीमिति भएको थियो। जाभियरले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा सीमित भएको हो। आइतवार रातिको  जितसँगै बार्सिलोनाले २६ खेलमा ४५ अंक जोडेको छ। बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ। इल्चे ३२ अंक जोडेर १३औं स्थानमा रहेको छ।

प्रकाशित: Mar 07, 2022| 06:58 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।