बुधबार, असार ३१, २०८३

मतदानस्थलमा विस्फोट : सुरक्षाकर्मीसहित ३१ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इस्लामावाद- पाकिस्तानको उत्तर-पश्चिमी शहर क्वेटामा मतदान स्थलनजिक भएको विस्फोटमा परी ३१ जनाको मृत्यु भएको छ । 

पाकिस्तानभर बुधबार राष्ट्रिय र प्रान्तीय संसद्का लागि निर्वाचन भइरहेको छ । शहरको पूर्वी क्षेत्रस्थित बाइपास सडकछेउको मतदान केन्द्र नजिकै विष्फोट भएको हो । 

स्थानीय अस्पतालले ३१ को मृत्यु र २८ जना गम्भीर घाइते भएको पुष्टि गरेको छ । मृतकहरू सुरक्षाकर्मी पनि छन् । 

यस्तै, दक्षिण–पूर्वी प्रान्त सिन्धको लाडकानामा पनि विष्फोट भएको छ, जसमा परी पाकिस्तान पिपल्स पार्टीका तीन कार्यकर्ता घाइते भएका छन् । स्थानीय शाह मोहम्मदस्थित मतदान केन्द्र बनाइएको उक्त पार्टीको शिविरमा विष्फोट भएको हो । अतिवादी समूहले विष्फोट गराएको उक्त पार्टीको अनुमान छ । 

केन्द्रीय संसद्का दुई सय ७० सिटका लागि चुनाव भइरहेको छ, जसमा ९५ वटा पार्टीका ११ हजार ६ सय ७६ उम्मेदवार मैदानमा छन् । १० करोड ६० लाख मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । 

तस्बिर : जी न्युज
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।