बुधबार, असार ३१, २०८३

नवनियुक्त राज्यमन्त्रीहरुको शपथ आज 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ सरकारले नियुक्त गरेको राज्यमन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । बुधबार प्रदेश मुख्यालयमा ३ बजे नवनियुक्त राज्यमन्त्रीहरुको शपथ लिने कार्यक्रम रहेको बताइएको छ । 

प्रदेश सरकारले सरकार गठनको पाँच महिनापछि मन्त्रिपरिषद विस्तार गरेको हो । सरकारले राज्यमन्त्रीमा सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मालाई नियुक्त गरेको छ । 

मण्डललाई उद्योग तथा पर्यटन, झालाई भौतिक पूर्वाधार र शर्मालाई सामाजिक विकास राज्यमन्त्रीमा सिफारिस गरिएको छ । नवनियुक्त तिनैजना राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ दिलाउने कार्यक्रम रहेको छ ।

राज्यमन्त्रीमा शपथ लिनेहरुमा झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् भने शर्मा असई थमन विक हत्या प्रकरणका फरार अभियुक्त हुन् ।

संघीय समाजवादी फोरम र राजपा गठबन्धनको प्रदेश २ सरकारमा फोरमले आफ्ना मन्त्रीहरु पठाइ सकेपनि आन्तरिक विवादका कारण राजपाले नाम पठाउन सकेको थिएन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।