शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवलस्थित लाइसेन्स कार्यालयमा प्रदेशमन्त्री ढेंगाको छड्के अनुगमन

बुटवलस्थित लाइसेन्स कार्यालयमा प्रदेशमन्त्री ढेंगाको छड्के अनुगमन

आइतबार बुटवल दीपनगरस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालयको छड्के अनुगमन गरेकी हुन्। छड्के अनुगमनमा सेवाग्राहीले कार्यालयबाट हुने काम व्यवस्थित नभएको, फोटो खिच्नका लागि मात्रै घण्टौं लाइनमा बस्नुपरेको गुनासो मन्त्री समक्ष गरेका छन्।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

National life
Laxmi sunrise bank
kumari

बुटवल- लुम्बिनीका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुरमती ढेंगा मगरले यातायात व्यवस्था कार्यालयहरुको छड्के अनुगमन गरेकी छन्। आइतबार बुटवल दीपनगरस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालयको छड्के अनुगमन गरेकी हुन्। छड्के अनुगमनमा सेवाग्राहीले कार्यालयबाट हुने काम व्यवस्थित नभएको, फोटो खिच्नका लागि मात्रै घण्टौं लाइनमा बस्नुपरेको गुनासो मन्त्री समक्ष गरेका छन्। 

कार्यालयमा टोकन प्रणाली नहुँदा लाइन भद्रगोल भएको,पहुंचवाला व्यक्तिले लाइन मिचेर छिटो सेवा लिने गरेको र कर्मचारीहरुले सेवाग्राहीका समस्याप्रति बेवास्ता गरेको भन्दै सेवा सुधार गर्न मन्त्री ढेंगाको ध्यानआर्कषण गराएको छ। प्युठानको ऐरावती गाउंपालिका–६ बाट आएका राममणि पाण्डेले आफू तीन दिनदेखि बुटवलमा बसेर कार्यालय धाउंदा पनि काम नबनेको गुनासो पोखे। 

सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री ढेंगाले कर्मचारीलाई सेवा प्रवाह छिटो छरितो बनाउन निर्देशन दिएकी छन्। उनले यातायात व्यवस्था कार्यालयको सेवालाई जनमैत्री बनाउन अनुगमनलाई निरन्तरता दिने बताएकी छन्।

प्रकाशित: Mar 06, 2022| 20:55 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।