आइतबार, मंसिर ७, २०८२

एनएसजेएफ अवार्ड : पिपल्स च्वाइस विधाको मनोनयन सूची सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोटर्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आईतबार सार्वजनिक गरिएको छ।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोट्र्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आईतबार सार्वजनिक गरिएको छ।

National life

एनएसजेएफले पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो। मञ्चको छनोट समितीले आइतबार सार्वजनिक गरेको सूचीमा पर्न सफल पाँच खेलाडीमध्ये तीन महिला र दुई पुरुष खेलाडी रहेका छन्। एथलेटिक्सकी सन्तोषी श्रेष्ठसँगै फुटबलकी एन्जिला तुम्बापो सुब्बा मनोनयमा परेका छन्। यस्तै टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका जुनियर नम्बर वान प्रिन्स दाहाल रहेका छन्।

मनोनयनमा पर्न सफल खेलाडीलाई ई–सेवाबाट प्राप्त मत, खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकले मतको आधारमा चैत ८ गते हुने कार्यक्रममा विजेता घोषणा गरिनेछ। समर्थकको मत ५० प्रतिशत रहनेछ भने फेसबुक पेजबाट प्राप्त लाइकको मतभार २५ प्रतिशत हुनेछ। यसैगरी राष्ट्रिय प्रशिक्षक र खेल पत्रकारले दिने मतको मतभार समान १२.५ प्रतिशत हुनेछ।

नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि नै एनएएजेएफ पल्सर स्पोर्ट्स अवार्डको १८औँ संस्करणलाई दशक अवार्डका रूपमा खेलाडीलाई सम्मान गर्ने घोषणा गरिसकेको छ। अरू विधामा दशक अवार्डबाट खेलाडी सम्मान हुने भए पनि पिपल्स च्वाइज विधालाई नियमित अवार्डका रूपमा राखिएको छनोट समितका संयोजक गोविन्द रेग्मीले जानकारी दिए।

एनएसजेएफले प्रदान गर्ने अवार्डमा पिपल्स च्वाइसबाहेक सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्डबाट खेलाडी र खेलकर्मीलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ। दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार जित्नेछन भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।  

Laxmi sunrise bank
kumari

आइतबारकै कार्यक्रममा एनएसजेएफले विद्युतीय भुक्तानी सेवा प्रदायक ईसेवासँग पिपल्स च्वाइस विधाको भोटिङका लागि प्रायोजन सम्झौता गरेको छ। एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी र ईसेवाका चिफ म्यानेजर आशिष गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरे। 

प्रकाशित: Mar 06, 2022| 19:03 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।