मंगलबार, कात्तिक १०, २०८३

केसीको पक्षमा जाग्यो कर्णालीको नागरिक समूह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- कर्णालीको नागरिक समाज चिकित्सा क्षेत्र सुधारको माग राखी अनसरत प्रा.डा. गोविन्द केसीको पक्षमा उभिएको छ । जुम्लाबाट केसीलाई जबर्जस्त काठमाडौं लैजादा समेत मौन रहेको नागरिक सरोकार समूह २६ दिनपछि जागेको हो ।
 
जुम्लामा रहदा केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदासमेत मौन रहेको समूह अन्तिम समयमा उनको पक्षमा उभिएको छ । बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी समूहले केसीले उठाएका मागहरु तत्काल सम्बोधन हुनुपर्ने बताएको छ ।

 नागरिक समूहका अगुवा गेहेन्द्रप्रसाद दहालले केसीले उठाएका माग सम्पूर्ण नेपाली जनताका मागहरु भएको भन्दै सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए । दहालले भने 'डा. केसीले उठाएका माग कुनै दल र व्यक्तिका होइन, उनका माग समग्र नेपाली जनताका मागहरु हुन् ।' उनले थपे 'केसीलाई कुनै दलसँग जोडेर सरकार पन्छिन खोजेको छ ।'

त्यस्तै अर्का नागरिक समूहका अगुवा एवम् बालरोग विशेषज्ञ डा. नवराज केसीले चिकित्सा क्षेत्रमा देखिएको विकृतिको अन्त्य र जनताको स्वास्थ्य सेवा पाउने अधिकारको ग्यारेन्टीका लागि पनि केसीको माग सम्बोधन हुनुपर्ने बताए ।

उनले भने 'च्याउजस्तै उम्रिएका मेडिकल कलेजले आज गुणस्तर कायम राख्न सकेका छैनन् ।' सरकार तिनै दलालहरुको फन्दामा परेर केसीका माग सम्बोधन गर्न हिचकिचाइरहेको उनको तर्क थियो ।

त्यस्तै अर्का अगुवा कविराम पुरीले स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक अधिकारलाई सरकारले बन्चित गर्न खोजेको आरोप लगाए । पुरीले भने 'सरकारले केसीका मागलाई सम्बोधन नगरेर जनताको स्वास्थ्य सेवा पाउने अधिकारलाई बन्चित गर्न खोज्दै छ ।' 

कर्णाली जस्तो विकास क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पुहँच पुर्‍याउन र डा. केसीको जीवन रक्षाको लागि समेत सरकारले तत्काल केसीले उठाएका माग सम्बोधन गर्नुको विकल्प नरहेको पुरीले जिकिर गरे । नागरिक सरोकार समूह कर्णाली प्रदेशले तत्काल माग सम्बोधन नभएर थप आन्दोलनका कार्यक्रम गर्ने समेत बताएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।