शनिबार, मंसिर १३, २०८२

बुटवल खानेपानी संस्थामा सत्ता गठबन्धनका उम्मेदवार विजयी

बुटवलस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा सत्ता गठबन्धनको प्यानल विजयी भएको छ।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

बुटवल– बुटवलस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा सत्ता गठबन्धनको प्यानल विजयी भएको छ। नेकपा एमालेको पकेट क्षेत्र मानिने बुटवल ११ स्थित मजुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा गठबन्धनका उम्मेद्वार विजयी भएका हुन्। 

National life

अधिवेशनबाट माओवादी केन्द्रको नेतृत्वमा रहेको नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र वामदेव गौतम निकटको समूहको प्यानल विजयी भएका हुन्। गठबन्धनको तर्फबाट अध्यक्षमा पूर्णबहादुर परियारले ४ सय ६ मत प्राप्त गर्दै बिजयी भएका हुन्। परियारका प्रतिद्धन्द्धी एमालेका प्रकाश श्रेष्ठले २ सय ११ मत प्राप्त गरेका छन्। 

उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी का सिंहबहादुर बोगटीले ३ सय ३९ मत प्राप्त गरि विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी  एमालेका ज्ञानप्रसाद भण्डारीले २ सय ५६ मत प्राप्त गरे। सचिवमा गठबन्धनबाट नेपाली कांग्रेसकी लक्ष्मी कँडेलले एमालेका हुमाकान्त लम्साललाई पराजित गर्दै विजयी भएकी छन्। कोषाध्यक्षमा गठबन्धनकी कमला पाण्डे विजयी भएकी छन्। 

यस्तै कार्यसमिति सदस्यहरुमा विक्रम गुरुङ, दीपा क्षेत्री, राजकुमारी विश्वकर्मा, रोशन केसी, भोज बहादुर पोख्रेल, हर्क जिसि र रनबहादुर गुरुङले फराकिलो मतान्तरले विजयी भएका छन्। करिब ९ सय मतदाता रहेको चुनावमा ६ सय ८८ मत खसेको निर्वाचन अधिकृत बलराम न्यौपानेले जानकारी दिए। 

बुटवल उपमहानगरपालिकाको वडा नम्बर ११ को नगरको सबैभन्दा धेरै मतदाता भएको वडा हो। यसअघि वडा नंं २ को टोलको चुनावमा पनि एमालेलाई हराउँदै माओवादीसहितको गठबन्धन बिजयी भएको थियो । यसअघि देवदह खानेपानी संस्थाको चुनावमा भने सत्ता गठबन्धनसहित ६ दलको प्यानललाई एमालेले पराजित गरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 06, 2022| 16:57 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।