बिहीबार, फागुन २१, २०८२

पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा सिन्धुपाल्चोकको पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै सो टिमले उपाधि उचालेको हो।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

सिन्धुपाल्चोक- पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ। मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा सिन्धुपाल्चोकको पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै सो टिमले उपाधि उचालेको हो।

पहिले ब्याटिङ गरेको भोताङ टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रन बनाएको थियो। जवाफी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाँचपोखरी टिम ५६ रनमा अलआउट भयो। जितसँगै उपाधि विजेता पाँचपोखरी भोताङ टिमले नगद ७५ हजार पुरस्कार पाएको छ। उपविजेता पाँचपोखरी टिमले ४० हजार पाएको छ। प्रतियोगितमा जिल्लाका सात टिम सहभागी थिए।

प्रतियोगितामा बेस्टबलर आर्यान धिताल, बेस्ट व्याटस्म्यान रेन्जिङ लामा, म्यान अफ दि सिरीज सार्थक धिताल चुनिए। नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंह, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पुरस्कार वितरण गरे।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले खेतको गह्राबाट सुरु भएको क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा खेल्नु विशेष उपलब्धिमूलक भएको बताए। गाउँपालिकाले विसं २०७४ देखि निरन्तररूपमा जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन संस्करण सम्पन्न गरेको थियो।

प्रकाशित: Mar 06, 2022| 09:45 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।