बिहीबार, फागुन २१, २०८२

चेल्सीको फराकिलो जित

बर्नेलीको घरेलु मैदान ट्रफ मोरमा गएराति भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेजले २ तथा रीस जेम्स र क्रिष्टियन पुलिसीचले १-१ गोल गरे।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

kumari

काठमाडौं- शनिबार राति नै बर्नलीको मैदानमा सम्पन्न खेलमा भने पाहुनो टिम चेल्सीले घरेलु टिमविरुद्ध ४-० को जित निकालेको छ। बर्नेलीको घरेलु मैदान ट्रफ मोरमा गएराति भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेजले २ तथा रीस जेम्स र क्रिष्टियन पुलिसीचले १-१ गोल गरे।

खेलको ४७औं मिनेटमा जेम्सको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । ५२ र ५५औं  मिनेटमा हाभार्टेजले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

७९औं मिनेटमा पुलिसीचले गोल गरेपछि चेल्सीले ४-० को फराकिलो जित हात पार्‍यो। यो जितसँगै चेल्सी २६ खेलमा ५३ अंकका साथ तेस्रो तथा पराजित बर्नेली समान खेलबाट २१ अंकका साथ १८ औं स्थानमा यथावत छन्।


प्रकाशित: Mar 06, 2022| 09:15 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।