बुधबार, असार ३१, २०८३

आमा नै ‘सिरियल किलर !’ : चार वर्षमा तीन सन्तानको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीमा एक आमाले ११ महिने छोरीको हत्या गरेकी छन् । गोदावरी नगरपालिका-९ धनचौरीकी ४० वर्षीया तारा जोशीले ११ महिने छोरी डम्बरा जोशीको हत्या गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

यही घरमा ताराले आफ्नो सन्तान मारेको यो तेस्रो घटना हो । सासू सुनमती जोशीले दिएको जानकारीअनुसार रातिसँगै सुताएकी छोरी बिहान मृत अवस्थामा भेटिएकी छन् । सुनमतीले आफू र आफ्नो श्रीमान् काठमाडौं भएको बेला घरमा नातिनीको हत्या गरेको बताइन् । ताराले यसअघि दुई वर्षअघि एक महिने छोरा र चार वर्षअघि १० दिनका छोरालाई पनि घाँटी थिचेर हत्या गरेको  सुनमतीले जानकारी दिइन् ।

ताराका श्रीमान् हर्क जोशी सुस्त मनस्थितिका छन्। उनीहरूको पाँच वर्षको छोरा भने आफूसँगै राखेकाले जोगिएको सुनमतीले बताइन् । ताराले के कारणले सन्तानको हत्या गर्छिन् भन्ने खुलेको छैन तर उनी निकै रिसालु रहेको परिवारले जानकारी दिएको छ । 

ताराले यसअघि पहिलो लोग्नेको घरमा पनि सन्तानलाई नदीमा बगाएर माइतीमा बसेको खुलेको छ। आफन्तले खबर गरेपछि प्रहरी घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कैलालीका डीएसपी हरिबहादुर वलीले जानकारी दिए । 

अत्तरियाबाट गएको प्रहरीको टोली खुटिया नदीमा पानी बढेकाले जान नसकेपछि पुनः धनगढी भएर गएको उनले सुनाए । घटनाबारे प्रहरी घटनास्थल पुगेपछि मात्रै थाहा हुने वलीले बताए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।