बिहीबार, फागुन २१, २०८२

इटालीका 'अब्बल' विकासको बहुप्रतीक्षित गोल

शेर्पालाई सुरुमा नै अग्रता दिलाउन इटालियन युवा फरवार्ड विकास मेराग्लियाले गोलको योगदान गरेका थिए। खेलको अधिक समय बलमा नियन्त्रण बनाएको हिमालय शेर्पाले खेलको ३१औं मिनेटमा अग्रता बनाएको थियो।
 |  शनिबार, फागुन २१, २०७८

विनय सापकोटा

विनय सापकोटा

शनिबार, फागुन २१, २०७८

धनगढी- पाँचौ संस्करणका अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तेस्रो खेलमा पहिलो पटक पहिलो हाफमा गोल भयो शनिबार। यसअघिका दुवै खेलका पहिलो हाफ गोलरहित बराबरी थिए । 

धनगढी रंगशालामा शनिबार दिउँसो एक हजार पाँच सयभन्दा धेरै समर्थकमाझ हिमायन शेर्पाले पहिलो हाफमा दुई गोलको अग्रता बनाएको थियो। शेर्पालाई सुरुमा नै अग्रता दिलाउन इटालियन युवा फरवार्ड विकास मेराग्लियाले गोलको योगदान गरेका थिए। खेलको अधिक समय बलमा नियन्त्रण बनाएको हिमालय शेर्पाले खेलको ३१औं मिनेटमा अग्रता बनाएको थियो।

राइट ब्याक जीवन गुरुङको क्रसलाई पेनाल्टी बस्कभित्र रहेका विकासले आकर्षक गोल गर्दै अग्रता दिलाएका थिए। काठमाडौंमा भर्खरै सम्पन्न भएको ए डिभिजन लिग खेल्न इटालीबाट आएका विकासले नेपालमा गरेको यो पहिलो गोल हो। 

इटालीबाट आएपछि विकासले नेपालमा पनि फ्यान बटुलिसकेका छन्। खेल कौशल मैदानमा देखाउने अवसर कम मात्रै प्राप्त गरेका उनले अपेक्षाकृत प्रदर्शन गर्न नसकेपछि आलोचनाको पनि सिकार बनेका थिए।

त्यस्तै, उनी आबद्ध ए डिभिजन क्लब च्यासल रेलिगेसनमा परेको थियो। क्लब रेलिगेसनमा परेपछि रिलिज भएका विकासले हिमालयन शेर्पाबाट गोल्डकप खेलेका हुन्। यसअघि उनले च्यासलबाटै बेलबारी गोल्डकप खेलेका थिए। सो गोल्डकपमा उनले गोल गर्न सकेनन्।

kumari

प्रकाशित: Mar 05, 2022| 20:42 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।