शनिबार, मंसिर १३, २०८२

एमसीसीले मूलूकलाई आर्थिक संकटबाट जोगायो : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नेपालमा आर्थिक संकट हुन नदिनका लागि अमेरिकी सहयोग परियोजना एमसीसी संसद्‌बाट पारित गरेको बताएका छन्। उनले निजी क्षेत्रकै आडभरोसाले एमसीसी सम्झौता संसद्‌बाट पास गर्न आँट गरेको बताए।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

बुटवल- गृहमन्त्री बालकृष्ण खाणले नेपालमा आर्थिक संकट हुन नदिनका लागि अमेरिकी सहयोग परियोजना एमसीसी संसद्‌बाट पारित गरेको बताएका छन्। उनले निजी क्षेत्रकै आडभरोसाले एमसीसी सम्झौता संसद्‌बाट पास गर्न आँट गरेको बताए।

National life

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको शनिबार भैरहवामा भएको ६३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन्। ‘एमसीसी पास नभएको भए नेपालको आर्थिक क्षेत्रमा नराम्रो प्रभाव पर्थ्यो, एमसीसी लागु भएपछि यसले मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउँछ,’ गहृमन्त्री खाणले भने। उनले कोरोनाले शिथिल बनेको अर्थतन्त्रलाई माथि उकास्‍न एमसीसीले महत्वपूर्ण योगदान गर्ने बताए।

एमसीसी सम्झौता कार्यान्वयन नगर्न केही दलहरुले विरोध प्रदर्शन गरेकोतर्फ संकेत गर्दै विकासका लागि बजेट नै नभएको अवस्थामा एमसीसी लागु गर्ने कुरा राष्ट्रहितमा रहेको बताए। उनले विद्युतीकरणको क्षेत्रमा व्यापक सुधारका लागि एमसीसीले सहयोग गर्ने बताए। ‘एमसीसीले नेपालको विद्युतीय क्षेत्रमा चमत्कारिक परिवर्तन गर्छ,’ खाणले भने। उनले आर्थिक रुपमा एमसीसीले बलियो बनाउने बताए। 

उनले एमसीसी संसद्‌मा टेबल हुँदा कांग्रेसलाई पास पनि गर्ने र गठबन्धन पनि बचाउने राजनीतिक जिम्मेवारी भएको बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले औद्योगिक क्षेत्रमा देखिएको ट्रंक र डेडिकेटेडेट लाइनको विद्युत महसुलका विषयमा सरकारले समाधान खोज्‍ने बताए। 

पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य घनश्याम भूसालले उद्योगी व्यवसायीलाई चोर बदमास भन्‍नु गलत भएको बताए। एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता भूसालले राजनीतिकर्मी भन्‍नुपर्ने बताए। नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादनमुलक र निकासीजन्य उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए। यसैबीच साधारण सभाको अवसर पारेर संघले पत्रकार शंकर पाण्डेलाई सम्मान गरेको छ। आर्थिक क्षेत्रमा कलम चलाएको भन्दै संघले पाण्डेलाई नगदसहित सम्मान गरेको हो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 05, 2022| 18:47 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।