शुक्रबार, मंसिर १२, २०८२

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मधेश प्रदेशमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्‍न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको औंल्याएका छन्।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेश र गण्डकी प्रदेशबीच समृद्धिका लागि विभिन्‍न क्षेत्रमा सहकार्यको आवश्यक्ता रहेको औंल्याएका छन्।

National life

मख्यमन्त्री पोखरेलले दुई प्रदेश सरकारबीचको सहकार्यबाट समृद्धि हुनसक्ने र समृद्धिका क्षेत्रहरुको खोजी गरेर अगाडि बढन आफूहरु तयार रहेको बताए। जनकपुर–पोखरा विमान सेवा सुरु भएपछि शनिबार पहिलो उडानमा मधेश भ्रमणमा जनकपुर पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश–प्रदेशबीचको सम्बन्धलाई बलियो बनाउनु पर्ने आवश्यक्ता रहेको बताए। 

मुख्यमन्त्री पोखरेलले पोखरा पर्यटकीय गन्तव्य रहेको र जनकपुर धार्मिक पर्यटकीय क्षेत्र भएकाले दुवै  प्रदेश बिचमा पर्यटकीय विकास गरेर यसबाट लाभ लिनसक्ने बताए। उनले मधेश प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको अधिक सम्भावना रहेको बताए। 

त्यसैगरि मधेश प्रदेशका पर्यटनमन्त्री शत्रुधन महताले दुवै प्रदेश बिचमा सहकार्यबाट पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने बताए। 

जनकपुर विमान स्थलमा मुख्यमन्त्री पोखरेललाई मधेश प्रदेशका पर्यटनमन्त्री  महतो, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 05, 2022| 16:04 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।