बिहीबार, फागुन २१, २०८२

पाटन प्रिमियर लिगको उपाधि कैलपाललाई

फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई ४ रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

बैतडी- बैतडीको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ। फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई ४ रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो। 

कैलपालको यो लगातार पाचौं उपाधि हो। यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगिता समेत जितिसकेको छ। फाइनल भिडन्तमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल १८.३ ओभरमा १७० रनमा समेटियो। जसमा मुकेशचन्द र राजु भाटले सर्वाधिक २३/२३ रन बनाए। 

पाटनका दीपेन्द्र चन्दले ४ विकेट हात पारे। श्रीकृष्ण माविको खेल मैदानमा १७१ रनको लक्ष्य पन्छाएको पाटनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६६ रन मात्रै जोड्न सक्यो। पाटनका लागि पञ्कज चन्दले ५५ रनको योगदान गरे पनि हार टार्न नसक्दा उपविजेतामै चित्त बुझायो। कैलपालका मुकेश चन्दले ३ विकेट हात पारे। उनी म्यान अफ द फाइनल समेत चुनिएका स्कोरर किरन चन्दले जानकारी दिए। उपाधिसँगै कैलपालले ५५ हजार ५५५ र पाटनले २२ हजार २२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो।  

सर्वोत्कृष्ट खेलाडी र बेस्ट ब्याट्सम्यान पाटनका विकास विष्ट भए। पाटनकै दीपेन्द्र चन्द बेस्ट बलर भए। सर्वोत्कृष्टले ३ हजार ३३३ तथा बेस्ट बलर र  बेस्ट ब्याट्सम्यानले समान १ हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाए।   

विजेता तथा उपविजेता टोलीलाई बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द लगायतले पुरस्कार वितरण गरे। पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि शुरू भएको प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको थियो। आगामी वर्षमा पनि प्रतियोगितालाई निरन्तरता दिँदै थप भव्य र सभ्य बनाउने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष पारस विष्टले बताए।   रासस

kumari

प्रकाशित: Mar 05, 2022| 12:32 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।