बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सेमिफाइनल पुग्नका लागि हिमालय शेर्पा र नव जन जागृति क्लब भिड्दै

सेमिफाइनल पुग्नका लागि हिमालय शेर्पा र नव जन जागृति क्लब भिड्दै

प्रतियोगिताको तेस्रो खेलमा जित निकाल्दै ए डिभिजन क्लब हिमायनल शेर्पा अर्को चरणमा पुग्न चाहन्छ। यता सिमराको क्लब नव जन जागृतिको उद्देश्य पनि त्यहि नै हो।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

धनगढी- पाँचो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको तेस्रो दिनमा आज हिमालयन शेर्पाले नव जन जागृतिय युवा(एनजेजेवाई) क्लब सिमराको सामना गर्दैछ।

प्रतियोगिताको तेस्रो खेलमा जित निकाल्दै ए डिभिजन क्लब हिमायनल शेर्पा अर्को चरणमा पुग्न चाहन्छ। यता सिमराको क्लब नव जन जागृतिको उद्देश्य पनि त्यहि नै हो।

प्रतियोगितामा सहभागी बन्नका लागि यि दुवै क्लब धनगढी आइपुगेका छन्। गोल्कपको पहिलो दुई खेलको अन्तिम समायमा नजिता परिवर्तन भएका छन्। पहिलो खेलमा दिल्ली र मनाङ मर्स्याङ्दीले खेलेका थिए। उक्त खेलको पहिलो हाफा गोलरहित बराबरी भएको थियो। दोस्रो हाफमा दिल्लीले अग्रता बनाएको थियो। सो अग्रता उल्टाउँदै मनाङले खेल जित्यो।

त्यस्तै, दोस्रो दिनको खेलमा न्यु रोड टिम र बागमति युवा क्लब सर्लाही प्रतिस्पर्धा गरेका थिए। त्यो प्रतिस्पर्धाको पहिलो हाफ बराबरी बन्यो भने दोस्रो हाफमा न्यु रोड टिमले २-० को अग्रता बनाएको थियो।

त्यो अग्रतालाई बागमतिले अन्तिममा बराबरी बनाएको थियो। खेल पेनाल्टी सुटआउटमा गएपछि बागमतिले जित निकालेको थियो। अघिल्लो दुई खेलमा जित निकाल्दै मनाङ र बागमति सेमिफाइनलमा पुगिसकेका छन्।

kumari

प्रकाशित: Mar 05, 2022| 10:05 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।