आइतबार, मंसिर ७, २०८२

त्रिकोणात्मक सिरिजअघि श्रीलंकासँग अभ्यास खेल

नेपाली टिमले श्रीलंकामा त्यहाँको नेभी (सेना) सँग दुई खेल र पुलिससँग दुई खेल खेल्नेछ। चार अभ्यास खेलपछि नेपाली टिम यूएई प्रस्थान गर्नेछ।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका प्रस्थान गरेको छ। लिग २ को अभ्यासका लागि श्रीलंकामा चार खेल खेल्न टोली त्यता लागेको हो।

National life

नेपाली टिमले श्रीलंकामा त्यहाँको नेभी (सेना) सँग दुई खेल र पुलिससँग दुई खेल खेल्नेछ। चार अभ्यास खेलपछि नेपाली टिम यूएई प्रस्थान गर्नेछ। यूएईमा नेपालले आयोजकसँगै पपुवा न्युगिनीसँग लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने भएको हो।

नेपाल टिम टी–२० को लामो तयारी र विश्वकप छनोटको खेलपछि ५० ओभरको खेलमा फर्किएको हो। ‘त्यसैले हामीले श्रीलंकामा तयारीको सोच बनायौँ। यो लामो प्रकृया रहेको छ। हामी तालिकाको शीर्ष तीनमा पर्न चाहन्छौं,’ प्रशिक्षक पुबुदु दाशानायकेले भने।

त्यसैले यो प्रतियोगितामा नेपालले चौथो स्थानमा रहेको यूएईलाई हराउनैपर्ने दबाब रहेको छ। त्यो भएमा नेपालको एकदिवसीय मान्यता कायम रहने छ।। तर यूएई, ओमन र स्कटल्यान्डले राम्रो क्रिकेट खेलिरहेका छन्। त्यसैले नेपाललाई शीर्ष तीनमा पर्नका लागि कठिन बनाएको छ।

आउँदो सिरिज नेपालको लागि एकदिवसीय मान्यता जोगाउन धेरै महत्वपूर्ण रहेको नेपाली टिमका कप्तान सन्दीप लामिछानेले बताएका छन्। उनले भने, ‘मुख्य खेल खेल्नुअघि श्रीलंकामा हुने चार अभ्यास एक्सपोजर हुनेछ। सोमपाल कामी र करण केसी टिममा फर्किएपछि टिम सन्तुलनमा छ। हामी अझै राम्रो प्रदर्शन गर्ने दाउमा छौं। विक्रम शोब पनि फर्किनु भएको छ।’

Laxmi sunrise bank
kumari

कप्तानले आफू पनि स्पिनर भएको र सागर ढकाल पनि भएकाले स्पिन टिम राम्रो रहेको बताएका छन्। पछिल्लो समय नेपालले मिडल अर्डरमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। तर मिडिलमा केहि तलमाथि भए पनि लामो फर्म्याटका प्रतियोगितामा राम्रो हुनेमा सन्दीप विश्वस्त देखिन्छन्।

उनले भने, ‘धेरै राम्रो त नभनौं। तर जुन मिडल अर्डरमा ब्याटरहरु हुनुहुन्छ उहाँहरु राम्रो हुनुहुन्छ। आउने समयका लागि मिडिल अर्डरमा म चाहिँ बलियो लाइनअप देखेको छु।’ अहिले करण फर्किएकाले बलिङसँगै मिडिल अर्डरमा राम्रो हुने सन्दीप बताउँछन्।

यता नेपालले पछिल्लो समय ओमनमा २० ओभरको खेल खेलेको थियो। तर अहिले नेपाली टिम ५० ओभरमा सिरिज खेल्न गइरहेको छ। यी दुई फर्म्याटमा खेल्ने शैली फरक मानिन्छन्। नेपालका कतिपय खेलाडी पनि यो दुई फर्म्याटमा छुटिन थालेका छन्।

त्यसैले, टी २० बाट एकदिवसीय खेल्दा केही समस्या होला कि भन्ने प्रश्नमा सन्दीपले समस्या नहुने बताए। ‘क्रिकेट खेल्ने भनेर लागेपछि त्यसरी हेर्न मिल्दैन। अलिअलि चुनौति त भइहाल्छा तर हामी तयार हुनुपर्छ। यदि टेस्ट क्रिकेट भोलि छ भने हामी त्यसका लागि पनि तयार रहनु पर्छ।’

नेपाली खेलाडीले धेरै वर्षदेखि एकदिवसीय खेल्दै आएका कारण यो प्रतियोगितामा गाह्रो नहुने बताउँछन्। प्रशिक्षक पुबुदु चाहिँ यो परिवर्तनलाई चुनौती मान्छन्। उनले भने, ‘यो ठूलो चुनौति हो। हामीले टी २० को धेरै ठूलो प्रतियोगिता खेल्यौँ। यो सजिलो छैन। हामीले हिटिङ र हरेक बलमा स्कोर गर्ने हिसाबले खेलिरहेका थियौँ।’

नेपाली टिमले श्रीलंकामा त्यहाँको नेभी (सेना) सँग दुई खेल र पुलिससँग दुई खेल खेल्नेछ। चार अभ्यास खेलपछि नेपाली टिम यूएई प्रस्थान गर्नेछ।

अहिले नेपाली टिमले खेल्न लागेको प्रतियोगिता भनेको एकदिवसीय विश्वकप छनोटको एक प्रतियोगिता हो। यो छनोटमा सात देश सम्मिलिन छन्। सात देशमध्ये नेपाल आठ अंकका साथ छैटौं स्थानमा छ। यो भनेको पुछारबाट एक स्थान माथि मात्र हो। आठ खेल खेलेको नेपालले जम्मा आठ अंक मात्र जोड्न सकेको छ।

त्यसो त प्रतियोगिता सबैभन्दा कम खेल खेल्ने देश पनि नेपाल नै हो। नेपालभन्दा धेरै खेल खेलेको पपुवा न्युगिनीले भने अहिलेसम्म जित निकाल्न सकेको छैन ।

यता ९ खेलबाट १० अंक बनाएको  नामिबिया नेपालभन्दा एक स्थान अघि रहेको छ। लिग २ को यो चक्रमा ओमन ३० अंकका साथ शीर्षस्थानमा रहेको छ। उसले २३ खलमा ३० अंक जोडेको हो। त्यस्तै, १२ खेल खेलेको स्कटल्यान्ट १६ अंक बनाएर दोस्रो स्थानमा छ।

अमेरिकाले १६ खेलबाट १४ अंक मात्र जोड्न सकेको छ। अमेरिकाले पछिल्लो आठ खेलमा एकमात्र जित निकाल्न सकेको छ। त्यो जित उसले ओमनमा नेपालविरुद्ध निकालेको हो।

त्यस्तै लिग २ को चौथो स्थानमा युनाइटेड अरब इमिरेट्स रहेको छ। अब नेपालले चौथो स्थानमा रहेको यूएई र सातौं स्थानमा रहेको पपुवा न्युगिनीसँग खेल्न लागेको हो। ‘सबै खेल महत्वपूर्ण रहेको छ। यो चक्रमा ३६ खेल खेल्नुपर्ने हुन्छ। तर सबै खेल सकिन्छ वा सकिँदैन थाहा छैन। चुनौति पन्छाउँदै जितेर अघि बढ्ने हाम्रो सोच हो। विपक्षीहरु पनि बराबर छन्। यूएई अहिलेको बलियो एसोसिएट टिम हो। पपुवा न्युगिनीलाई जितिरहेको भए पनि हल्का रुपमा लिएको छैन,’ सन्दीपले भने।

नेपाले पछिल्लो पटक ओमन भ्रमणमा रहँदा उसलाई सहजै हराएको थियो। त्यसकारण पनि नेपालले आउँदा शृंखलामा ओमनविरुद्ध दुवै खेलमा जित निकाल्ने विश्वास लिएको छ। त्यो जितले आफ्नो टिमको मनोबल उच्च हुने सन्दीप बताउँछन्।

अहिले यूएईको टिम आफ्नो घरेलु मैदानमा खेल्ने छन्। उनीहरुको मैदानको अवस्थामा यूएई राम्रो छ। ‘हाम्रा पनि सकारात्मक पक्ष धेरै छन्। हामी युवा छौं, खेलाडी जितका भोका पनि छन्, फर्ममा छन्। यूएई टिममा ३–४ मात्र राम्रा खेलाडी छन्,’ पुबुदुले भने।

पुबुदुले यो खेल आफ्नो लागि पनि महत्वपूर्ण रहेको बताएका छन्। त्यसो त उनको लक्ष्य नेपाली टिमलाई विश्वकपमा पुर्याउने थियो। तर त्यो सफल भएन। अनि अहिले टेस्टमा पुग्न पनि गाह्रो छ। तर पाएको एकदिवसीयलाई जोगाउँ र यसलाई टिकाइराखौँ भन्ने पुबुदुको लक्ष्य हो।

उनले भने, ‘त्यो भयो भने हामी एकदिवसीयको विश्वकपमा पुग्न सक्छौं। नेपाल फुल मेम्बर देश पनि हुनसक्छ। मैले सहि दिशा देखाउन सकेँ भने नेपाली युवा खेलाडीको भविष्य राम्रो गर्न सक्नेछन्।’

अब नेपालले श्रीलंकाको घरेलु टिममध्येको राम्रो टिमसँग खेल्नेछ। राष्ट्रिय टिममा खेलेका पनि केहि खेलाडी त्यहाँ छन्।

प्रकाशित: Mar 05, 2022| 08:31 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।