बिहीबार, फागुन २१, २०८२

१९औं एशियन गेम्समा भलिबलसहित १४ खेलको सहभागीता रहने

१९ औं एशियन खेलमा नेपालको सहभागिता निर्धारण गर्न गठित हाई परफरमेन्स कमिटिद्वारा शुक्रबार राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं- १९ औं एशियन खेलमा नेपालको सहभागिता निर्धारण गर्न गठित हाई परफरमेन्स कमिटिद्वारा शुक्रबार राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको छ।

समितिका जेष्ट सदस्यलाई संयोजकको रुपमा कार्य गर्ने गरि खेलकुद बिकास ऐन २०७७ को दफा ४२ बमोजिम मिति २०७८/०८/२४ को सदस्य सचिवस्तरीय निर्णय अनुसार ७ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलमा अर्जूनबहादुर बिक, ९निर्देशक, तालिम तथा प्रशिक्षण विभाग०,सदस्य, महेन्द्र राई (निर्देशक, राष्ट्रिय टिम तयारी), सदस्य, संगमसिंह थापा (निर्देशक, नेपाल खेलकुद बिज्ञान प्रतिष्ठान) सदस्य, निलेन्द्र राज श्रेष्ठ (महासचिव, नेपाल ओलम्पिक कमिटी), सदस्य, पार्थ सारथी सेन गुप्त (मिठु), खेल विज्ञ, सदस्य, सुमन डि।सी।, खेल बिज्ञ, सदस्य र हिमाल राज दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), सचिव रहेका थिए।

उक्त कार्यदललाई नेपालको अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा देखिएको प्रदर्शन तथा परिणामलाई के-कसरी प्रभावकारी रुपमा उपलब्धिमुलक तथा परिणाममुखी बनाउन सकिन्छ त्यसको गहन अध्ययन गरि परिषद्‌लाई उपयुक्त प्रतिवेदन पेश गर्ने जिम्मेवारी प्रदान गरिएको थियो। कार्यदलले नजिकै आउन लागेको १९ औं एशियन प्रतियोगितालाई मध्यनजर गर्दै प्रतिवेदन पेश गरेको हो।

कार्यदलले विभिन्‍न छलफल, प्रतियोगितामा देखाएको उच्च प्रदर्शन, विगतामा प्राप्त परिणामलाई अध्ययन गर्दै हाल १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले प्रथम स्थान हासिल गरेका खेल र उच्च प्रदर्शन गर्न सफल तथा हालमात्र बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा हासिल गरेको नतिजालाई आधार मान्दै महिला भलिबल टोलीलाई पनि समावेश गरि १४ खेललाई समावेश गर्ने प्रतिवेदनमा उल्लेख गरिएको सचिव दाहालले जानकारी गराए।

प्रतिवेदन बुझ्दै निमित्त सदस्य सचिव थापाले कार्यदलको कार्यको प्रशंसाका साथ धन्यवाद ब्यक्त गर्दै यस प्रतिवेदनका आधारमा नेपाली खेलकुदको बाटो तय गर्ने र त्यसले आगामी दिनमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालको प्रतिष्ठा उच्च राख्नेमा आफु बिश्वस्त रहेको बताए।

kumari

प्रकाशित: Mar 04, 2022| 21:10 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।