आइतबार, जेठ १७, २०८३

नेपालै पहिलो पटक रोबटको माध्यमबाट शल्यक्रिया

विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पीटल बुढीगंगा मोरङले नेपालमै पहिलो पटक रोबटिक आम प्रविधिबाट शल्यक्रिया सुरु गरेको दाबी गरिएको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

विराटनगर- विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पीटल बुढीगंगा मोरङले नेपालमै पहिलो पटक रोबटिक आम प्रविधिबाट शल्यक्रिया सुरु गरेको दाबी गरिएको छ। 

National life

मान्छेको हातजस्तै रोबटको हातको माध्यमबाट जटिलभन्दा जटिल शल्यक्रिया सहज तरिकाले गर्न सकिने मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले बताए। 

उनले भने, 'यो प्रविधि नेपालमै पहिलो पटक विराटले सुरु गर्‍यो।' डा. कार्कीका अनुसार आवाज वा मेकानिकल दुवै तरिकाबाट शल्यचिकित्सकले नियन्त्रण वा निर्देशन दिन सक्ने छन्। रोबटिक आम प्रविधिका कारण शल्यक्रिया गर्न कम समय लाग्‍ने डा. कार्कीले बताए। 

मेडिकल कलेजले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा रोवोटिक आम प्रविधि सुरु गरेपछि हालसम्म २० वटा शल्यक्रिया गरिसकेको उल्लेख छ। डा. कार्कीले अस्पतालमा चाँडै रोबट प्रणाली नै ल्याउने तयारी भइरहेको समेत बताए।

प्रकाशित: Mar 04, 2022| 19:30 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।