स्लामाबाद- पाकिस्तानमा बुधबार थप ९५३ जना कोरोना संक्रमित भएका छन्। गत २४ घण्टामा यहाँ कोरोना संक्रमणका कारण ११ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले बुधबार जानकारी दिएको छ।
पाकिस्तानमा हालसम्म १५ लाख १२ हजार ७०७ लाई कोरोना संक्रिमण देखापरेको छ। तीमध्ये १४ लाख ५१ हजार ६६५ कोरोना भाइरस मुक्त भएका एनसीओसीले जनाएको छ। हाल पाकिस्तानमा आठ सय ९० गम्भीर बिरामीसहित ३० हजार सात सय ९४ जना सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप ११ को मृत्यु भएसँगै पाकिस्तानमा कोरानाबाट ज्यान गुमाउनेको संख्या ३० हजार २४८ पुगेको छ।
पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो । यहाँ पाँच लाख ६९ हजार ३३८ जनालाई कोरोना संक्रमण भएको छ। त्यसपछि पूर्वीप्रान्त पञ्जाबमा पाँच लाख २ हजार २६४ कोरोना संक्रमण भएको समाचारमा जनाइएको छ। सिन्ह्वा