शनिबार, मंसिर १३, २०८२

आत्मरक्षाका लागि महिला सबल हुनुपर्ने : प्रदेश प्रमुख शेरचन

दलित, मुस्लिम, मधेसीलगायत सीमान्तकृत समुदाय अझै पनि अपहेलित जीवन बिताउन बाध्य भएकाले उनीहरुको मानवअधिकार सुरक्षित गराउनुपर्नेमा पनि उनले जोड दिए।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

लुम्बिनी- लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाले आफ्नो रक्षाका लागि सामान्य सैन्य तालिम लिनुपर्नेमा जोड दिएका छन्। उनले आत्मारक्षाका लागि महिला सबल हुनुपर्ने आवश्यकता औँल्याएका हुन्। राष्ट्रिय मानवअधिकार आयोगले  बुटवलमा आयोजना गरेको मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनलाई सम्बोधनका क्रममा प्रदेश प्रमुख शेरचनले मावनअधिकारको उल्लङ्घन राज्यपक्षबाट पनि हुने गरेको जिकिर गरे। 

National life

दलित, मुस्लिम, मधेसीलगायत सीमान्तकृत समुदाय अझै पनि अपहेलित जीवन बिताउन बाध्य भएकाले उनीहरुको मानवअधिकार सुरक्षित गराउनुपर्नेमा पनि उनले जोड दिए। 

लुम्बिनी प्रदेशका सांसद फकरुद्दिन खानले गरिबीका कारण कठिनाइ भोगेका समुदायलाई राज्यले सम्बोधन गर्नुपर्ने  बताए। तिलोत्तम नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीले सामाजिक परिस्थितिका कारण अझै पनि हाम्रो मानवअधिकार सुरक्षित हुन नसकेको बताए।

उक्त आयोले आयोजा गरेको सो कार्यक्रममा प्रदेशका १२ जिल्लाका मानवअधिकारकर्मी र पत्रकारको सहभागिता रहेको छ।  सम्मेलन भोलि समापन हुने जनाइएको छ। 

प्रकाशित: Mar 04, 2022| 13:50 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।