आइतबार, फागुन १७, २०८२

कांग्रेस पर्सामा यस्तो आयो नतिजा

नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन्।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

kumari

काठमाडौं- नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनामा सभापतिका प्रत्यासी श्यामप्रसाद पटेललाई ४ सय ६५ मतको अन्तरले पराजित गर्दै क्षेत्री निर्वाचित भएका हुन्।

क्षेत्रीले १ हजर १ सय १० र निकटतम प्रतिद्वन्दी पटेलले ६ सय ४५ मत प्राप्त गरेका छन्। विजयी क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसियाको समर्थन थियो। पटेललाई भने संस्थापन इतर पक्षका निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यको समर्थन थियो।

जिल्लाका अन्य पदाधिकारीमा पनि संस्थापन पक्षकै प्यानल विजयी भएको छ। उपसभापतिमा रामनारायण कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी, सहसचिवमा नवीन सिंह र मदन राउत अहिर विजयी भएका छन्।

प्रकाशित: Mar 04, 2022| 09:36 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।