मंगलबार, वैशाख ९, २०८२

...त्यसैले साहित्य र राजनीति एउटै आमाका सन्तान हुन्

सहजकर्ता राजेन्द्र बानियाँका जिज्ञासामा पोखरेलले आफूले बुझेको समाज, राहित्य र राजनीतिलाई एक घण्टा व्याख्या गरे।
 |  शुक्रबार, फागुन २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

vianetvianet

धनगढी– धनगढीमा तीन दिने साहित्य महोत्सव जारी छ। बिहीबार महोत्सवको पहिलो दिन। पहिलो दिनको पहिलो सेसनको शीर्षक थियो– समाज, साहित्य र राजनीतिको अन्तर्सम्बन्ध। सेसनका मुख्य वक्ता थिए नेकपा (एमाले) महासचिव शंकर पोखरेल। सहजकर्ता राजेन्द्र बानियाँका जिज्ञासामा पोखरेलले आफूले बुझेको समाज, राहित्य र राजनीतिलाई एक घण्टा व्याख्या गरे।

triton college

उनले भने, ‘जस्तो समाज छ, त्यस्तै साहित्य हुन्छ। साहित्य समाजको ऐना हो। त्यसले समाजको चित्रण झल्काउँछ। अनि यसलाई टल्काउने हथौडा राजनीति हो। जसलाई हामीले ठोक्नैपर्छ।’ उनले आफू साहित्यको अध्येता भएकाले यसको मर्मलाई राम्रोसँग बुझ्न सक्ने दाबीसमेत गरे।

साहित्यकारले समाज लेख्ने भएकाले त्यसको अध्ययन अत्यन्तै आवश्यक रहेको उनले बताए। ‘समाजलाई सही बाटोमा अघि बढाउन सही साहित्यको खाँचो पर्छ र त्यसलाई कुशल राजनीतिज्ञले अध्ययन गर्नुपर्छ,’ उनले भने। महासचिव पोखरेलले राजनीति र साहित्य एउटै आमाका सन्तान भएको प्रतिक्रिया दिएका छन्। ‘समाज र साहित्य एउटै आमाका सन्तान हुन्। त्यसैले यिनको अन्तरसम्बन्ध छ। त्यसैले कुनै खास विशेष परिस्थितिमा मात्र राजनीति विशेष हुने हो,’ उनी भन्छन्।

उनले साहित्य र राजनीतिमा शाब्दिक भिन्नता देखिए पनि दुवैको अन्तर्य एउटै रहेको बताएका छन्। एउटाले समाज लेख्ने र अर्कोले समाज देख्ने उनको भनाइ छ। त्यही देखेको समाजलाई विकासको गतिमा लैजानु नै आफूहरूको प्रमुख दायित्व भएको पोखरेलले बताए। उनले साहित्यको मर्मलाई राजनीतिले बुझ्नुपर्ने गरी नबुझे पनि बुझ्दै नबुझेको भने नभएको बताए। उनले समाज आफैँमा ठिक बेठिक नहुने बताए। समाजलाई राजनीति र समाजको परिवेशले ठिक–बेठिक पार्ने उनको ठम्याइ छ। त्यसमा साहित्यको पनि ठूलो भूमिका हुने उनले बताए। ‘समाजभित्र प्रगतिवादी पनि हुन्छन्। उनीहरू समाज फेर्ने कुरा गर्छन्। समाजमा प्रगतिवादी सोच नभएकाहरू पनि हुन्छन्। उनीहरूले समाज फेर्ने कुरै गर्दैनन्,’ पोखरेलले भने।

पोखरेलले राजनीतिले अपेक्षित रुपमा समाज फेर्न नसकेको कुरा भने स्वीकारेका छन्। ‘हामीले तीन ठूला क्रान्ति गर्यौं। २००७ सालको क्रान्ति, २०४६ सालको क्रान्ति र २०६२–०६३ सालको क्रान्ति। अब हामीले प्रगति गर्नुपर्छ। समाजलाई विखण्डन गर्नु हुँदैन,’ उनले भने, ‘हामीले अपेक्षित रुपमा काम गर्न सकेको स्वाभाविक हो। तर, कामै नभएको होइन।’

National life insurance

उनले नेपालका नेताहरूले जनताको म्यान्डेट अनुसारको काम गर्न नसकेको भए स्वीकारेका छन्। नेपालमा धेरै राजनीतिक दल हुँदा पनि काम गर्न असहज भइरहेको उनले बताए। ‘धेरै राजनीतिक दल हुँदा चलखेल धेरै भयो, विचार धेरै भए। बाह्य चलखेल धेरै भयो। त्यसैले नेपालमा विकासका लागि दुई दलको खाँचो छ। नेपालमा कांग्रेस र एमाले भए पुग्छ,’ उनले भने। उनले समाज र साहित्य परिवर्तनका लागि लोकतान्त्रिक मूल्य मान्यता र परिवर्तनमा आधारित राजनीतिको खाँचो रहेको बताएका छन्।

उनले राजनीतिज्ञले राम्रो कर्म गरे साहित्यकारहरूले त्यो कर्मलाई सिर्जनाका माध्यमबाट उजागर गर्ने बताएका छन्। मदन भण्डारी, बीपीको योगदानको चर्चा त्यही कर्मको प्रतीक भएको उनको भनाइ छ। त्यसैले पनि राजनीति, साहित्य र समाजको अन्तरसम्बन्ध रहेको उनले बताए।

पार्टीको कार्यकर्ता नभई साहित्यकारको सिर्जनाले नियुक्ति हुने अवस्थासमेत नरहेको भन्ने बानियाँको प्रश्नमा उनले त्यस्तो नरहेको दाबी गरे। मानिसलाई सिर्जनाले नै कुनै ठाउँमा पुर्याउने उनको दाबी थियो। समाज बुझ्नका लागि प्रत्येक नेताले साहित्य अध्ययन गर्नुपर्ने उनले सुझाए।

प्रकाशित: Mar 04, 2022| 08:59 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।