बुधबार, असार ३१, २०८३

सबुजले यसरी हटाए विरोध प्रदर्शनमा फालिएका फोहोर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसले डा गविन्द केसीको जीवन रक्षाको माग गर्दै गरेको विरोध प्रदर्शनमा भएको फोहोर हटाउन काठमाडौंका पार्टी सभापति सबुज (कृष्ण) बानियाँ सक्रिय भएका छन्।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त विरोध प्रदर्शनमा भएको फोहोर पम्पलेट, प्लेकार्ड, पानीका बोतल लगायतका सामग्री सबुजले संकलन गरी व्यवस्थापन गरेका हुन्। फोहोर संकलन पश्चान सबुजले भने, 'यो फोहोर हामीले गरेका हौ र यसलाई सफा गर्ने जिम्मेवारी र कर्तव्य हाम्रै हो।’

उनले यो फोहोर व्यवस्थापनलार्इ सांकेतिक रुपमा नेपाल सरकारका अधिनायकवादी गतिविधि तथा गलत क्रियाकलाहरुलार्इ कांग्रेसले सफा गरेर जनतालार्इ स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने बताए। 

नेपाली कांग्रेसले गोविन्द केसीको जीवन रक्षा र माफिया पोष्ने विधेयक फिर्ता, शान्तिपूर्ण रुपमा नारा जुलुस लाउन पाउनुपर्नेमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै विरोध गर्दै आइरहेको छ। 

चिकित्सा शिक्षाको सुधारको माग राख्दै डा गोविन्द केसी २५ दिनदेखि आमरण अनशनमा छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।