शनिबार, फागुन २३, २०८२

भारतमा ६ हजार पाँच सयभन्दा बढी कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन्। यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ४५ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

नयाँ दिल्ली- भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन्। यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख  ४५  हजार  भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  बिहीबार जानकारी दिएको छ। 

National life

सोही अवधिमा कोरोना सङ्क्रमणको कारण १४२ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन्। कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार ३८८ को मृत्यु भएको जनाइएको छ। 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७२ हजार १५२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या कूल सङ्क्रमितको ०.१८ प्रतिशत रहेको समाचारमा जनाइएको छ। 

भारतमा गत २४ घण्टामा १४ हजार ९४७ कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन्। भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ५३ हजार ६२० कोरोना मुक्त भएका समाचारमा जनाइएको छ।  कोरोना निको भएको यो दर ९८.६२ प्रतिशत रहेको समाचारमा जनाइएको छ।

 भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयबाट हालसम्म भारतमा एक अर्ब ७८ करोड भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको समाचारमा जनाइएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 04, 2022| 00:00 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।