धनगढी- खप्तड गोल्डकपको पहिलो खेलमा दिल्ली फुटबल क्लबविरुद्धले मनाङ मर्स्याङ्दीले जित निकालेको छ।
धनगढी मैदानमा भर्खरै सम्पन्न खेलमा दिल्लीविरुद्ध मर्स्याङ्दीले २-१ को जित निकालेको हो।
खेलको ६९औँ मिनेटमा दिल्लीले गोल गरेको थियो। खेलको ७७ औं मिनेटमा मर्स्याङ्दीका अन्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा फर्काए।
यस्तै ८०औं मिनेटमा विमल रानाले पनि गोल गरेपछि मनाङको जित भएको हो।