बिहीबार, फागुन २१, २०८२

तिलोत्तमामा स्केट पार्क तयार

रुपन्देहीको तिलोत्तमामा ४० लाख रुपैयाँ खर्च गरी स्केट पार्क निर्माण गरिएको छ। स्केट एड नेपाल फाउन्डेसनले तिलोत्तमा नगरपालिका-४ मा स्केट पार्क निर्माण गरेको हो।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

बुटवल- रुपन्देहीको तिलोत्तमामा ४० लाख रुपैयाँ खर्च गरी स्केट पार्क निर्माण गरिएको छ। स्केट एड नेपाल फाउन्डेसनले तिलोत्तमा नगरपालिका-४ मा स्केट पार्क निर्माण गरेको हो। 

तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको जग्गामा स्केट पार्क तयार भएको हो। करिब चार महिनामा पार्क सम्पन्न गरिएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए। उनका अनुसार अब स्केट पार्कमा खेलको अभ्यास गर्न सकिनेछ।

फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिव ६० जना व्यक्तिले स्वयंसेवा गरी पार्कको निर्माण सम्पन्न भएको पहाडीले बताए।

पार्क निर्माणका लागि स्थानीय सरकार तिलोत्तमा नगरपालिका, वडा कार्यालय र स्थानीयहरुको सहयोग अमूल्य रहेकाले सबैको सहभागितामा उद्घाटन गरिने अध्यक्ष पहाडीको भनाइ छ। स्केट पार्कसँगै रिर्सोस सेन्टरका रुपमा पूरा गर्ने गरि निर्माण शुरु भएको हो। 

पुरै निर्माण सकिँदा साढे २ करोडसम्म लागत लाग्ने आयोजकले जनाएका छन्। स्केट पार्क नहुँदा नेपालमा सडक छेउमा अभ्यास गर्न बाध्य भएका थिए। पार्क निर्माणले स्केट खेलाडीलाई अवसर प्रदान गर्न सहयोग गर्ने अध्यक्ष पहाडीले बताए। पार्कको शनिबार उद्घाटन गर्ने फाउन्डेसनले तयारी गरेको छ। उद्घाटनका लागि स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिटस डिटमानसहितको टोली नेपाल आइपुगेको छ।

kumari

संस्थापक अध्यक्ष टिटसले स्केट खेलमा नेपालको उच्च सम्भावना रहेकाले पार्कले युवापुस्तालाई आर्कषित गर्ने बताए।

उनले सामुदायस्तरमा तिलोत्तमामा बनेको स्केट पार्क दक्षिण एसियाकै पहिलो भएको दाबी गरे। पार्कको उद्घाटनपछि स्केटको नियमित अध्यास गराइने स्केट एडका अन्तर्राष्ट्रिय निर्देशक एवम् स्केट खेलाडी ग्याबिरियल रोमा सन्तोषले बताए। 

सन् २०१६ मा थाइल्यान्डमा भएको पुरुष च्याम्पियनसिपमा नेपालका मिलन शाह च्याम्पियन, २०२१ मा भारतमा भएको प्रतियोगितामा समीक्षा राई महिलातर्फ च्याम्पियन र गजेन्द्र बर्देवा पुरुषतर्फ प्रथम भएका थिए। नेपालमा काठमाडौ, धरान, पोखरा, बुटवलमा गरी २ सयभन्दा स्केट खेलाडी छन्। 

प्रकाशित: Mar 03, 2022| 18:36 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।