आइतबार, मंसिर ७, २०८२

खप्तड गोल्डकप: मुख्यमन्त्रीलाई २१ किलोको माला

मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलोको माला लगाएर पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप सुरु भएको छ। सोरठी नाच पनि प्रस्तुत गरिएको उद्घाटन कार्यक्रममा भट्टले मन्त्रालयबाट र्‍याली लिएर धनगढी रंगशाला पुगेका थिए।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

धनगढी- मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलोको माला लगाएर पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप सुरु भएको छ। सोरठी नाच पनि प्रस्तुत गरिएको उद्घाटन कार्यक्रममा भट्टले मन्त्रालयबाट र्‍याली लिएर धनगढी रंगशाला पुगेका थिए।

National life

रंगशाला पुगेर भट्टले एउटा सानो प्रयासबाट देशकै ठूलो प्रतियोगिता बनाएकोमा आयोजकलाई शुभकामना दिएका छन्। 'युवालाई खेलमा जोड्नुपर्छ भनेर हामीले प्रतियोगितामा सहयोग गरेका छौं। हामीले आफ्ना कार्यक्रमहरू पनि अगाडी बढाएका छौ। हामी क्लबसँग पनि मिलेर काम गरिरहेका छौं' उनले भने,'यसबारेमा हामीले छलफल गरेर गोल्डकपलाई सहयोग गरेका छौं।'

उनले गोल्डकपलाई अगाडि बढाउन भविष्यमा पनि सहयोग गर्ने बताएका छन्। त्रिलोचनसँगै रंगशाला पुगेका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले देस्कका लागि खेल्ने खेलाडीका लागि सम्मान व्यक्त गरेका छन्। 'यो गोल्डकपले सुदूरपश्चिमको खेलकुदलाई अगाडी बडाउने छ। उनले धेरै वर्ष लगाएर सरकारले अनतराष्टेइत फाप्ला मैदान बनाउने कार्यक्रम बनाइसकेका छौं,' उनले भने। खेलमा दुई वर्ष काम गर्न नपाएका कारण धेरै पछी परेको पनि जानकारी गराए।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिम ११ क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिता सुरु भएकोमा खुसी मात्र व्यक्त गरेनन्, गोल्डकप नहुने अवस्थाबाट सरकारले सहयोग गरेर बनेको माहोलको लामै व्यख्या गरे। उनले भने, 'पहिलेदेखि पाँचै संस्करणसम्म सफल बनाउन खेलकुद परीषदले सहयोग गरेको छ।'

'आज नगरपालिका, खेलकुद परिषद् र प्रदेश सरकारले सहयोग गरेपछि प्रतियोगिता राम्रो भएको छ। गोल्डकप आयोजना गर्ने क्रममा एक करोड ४० लाख खर्च हुने छ। काठमाडौं  र बाहिरबाट आउने क्लबका लागि धेरै खर्च हुने भएका कारण प्रतियोगितामा धेरै खर्च हुने गरेको छ,' उनले थपे।

Laxmi sunrise bank
kumari


खेलकुदमा भाषणको खास महत्व छैन भन्‍ने बुझेका प्रदेश खेलकुद परिषद्का सदस्य सचिवले भाषणमा समय खर्चिएनन्।

सुदूरपश्चिम ११ का उपाध्यक्ष भोझ खड्काले सानो प्रयास ठूलो भएको बताएका छन्। उनले भने, '२०७३ मा पहिलो पटक आयोजना हुँदा पाँच लाखबाट सुरु भएको थियो। यो अहिले सबैभन्दा धेरै धनराशिको भएको छ। यसमा हामी खुसी  छौं।'

उनले थपे, 'हामीले केही साथीहरू मिलेर हामीले कार्यक्रम सुरु गर्‍यौं। त्यसरी सुरु गरेको प्रतियोगिता बिहीबार यहाँसम्म पुगिसकेको छ।'

त्यसो त खप्तड गोल्डकप सुरु हुनुपूर्व ए डिभिजनका खेलाडी र क्लब हेर्न काठमाडौं उपत्यका नै जानुपर्ने बाध्यता थियो। तर खप्तड गोल्डकप सुरु भएपछि स्थानीयले धनगढीमा ती क्लबको खेल हेर्न पाएका छन्।

अहिले खप्तड गोल्डकपमा ए डिभिजन क्लबका ५ क्लबका सहभागिता रहेको छ। उद्‌घाटनमा प्रदेश मन्त्रीहरूलाई पनि समान ११-११ किलोग्रामको मालाको व्यवस्था गरेको थियो।


प्रकाशित: Mar 03, 2022| 19:00 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।