बुधबार, असार ३१, २०८३

धानको मूल्यमा ३.७३ प्रतिशत वृद्धि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य सिफारिस गरेको छ। यो वर्षको लागि मन्त्रालयअन्तर्गतको प्राविधिक समितिले सिफारिस गरेको धानको न्युनतम समर्थन मुल्यमा ३.७३ प्रतिशतसम्म वृद्धि भएको छ। 

जस अनुसार आव ०७५-७६ को लागि प्राविधिक समितिले मोटो धानको लागि प्रतिक्विटेल दुई हजार ३३१.२२ रुपैयाँ सिफारिस गरेको छ। जुन गएको आवको तुलनामा ३.७३ प्रतिशत बढी हो। गएको आव ०७४-७५ मा दुई हजार २७४.३७ रुपैयाँ सिफारिस गरिएको थियो भने अघिल्लो आवमा दुई हजार ७० रुपैयाँ सिफारिस गरिएको थियो।

त्यस्तै चालु आवको लागि मध्यम धानको प्रतिक्विटेल न्युनतम समर्थन मूल्य दुई हजार ४६०.५७ रुपैयाँ सिफारिस गरेको छ। उक्त मूल्य गएको आवको तुलनामा सून्य दशमलब ९० प्रतिशत बढी हो। गएको आवमा दुई हजार ४३८.६४ रुपैयाँ सिफारिस गरेको थियो। 

अघिल्लो आवमा दुई हजार २३० रुपैयाँ सिफारिस गरिएको  थियो। समितिले धानको न्यूनतम समर्थन मूल्य धान उत्पादनको लागत, प्रचलित थोक मूल्य तथा भारतले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यलाई आधार प्रत्येक वर्ष निकाल्ने  गर्छ।

मन्त्रालयको अनुसार उक्त सिफारिस गरेको धानको समर्थन मूल्य तोक्न कृषि मन्त्रालयले अर्थ मन्त्रालयको परामर्शमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयमा पठाउछ। त्यसपछि पनि मन्त्रिपरिषदको बैठकबाट विस्तृत छलफल भइ स्वीकृति भएपछि मात्र कार्यान्वयनमा आउछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्