शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रूसमा विद्यार्थीहरुलाई 'युद्धको आवश्यकता'बारे पढाउन निर्देशन

रूसमा विद्यार्थीहरुलाई 'युद्धको आवश्यकता'बारे पढाउन निर्देशन

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक हप्ता भइसक्दा पनि रोकिएको छैन। रुसमा नै युक्रेनमाथिको आक्रमणको चर्को विरोध भइरहेको छ। युक्रेनमाथि आक्रमणको विरोध गर्नेहरुलाई रुसी प्रहरीले नियन्त्रणका लिने गरेको छ।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

मस्को- रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक हप्ता भइसक्दा पनि रोकिएको छैन। रुसमा नै युक्रेनमाथिको आक्रमणको चर्को विरोध भइरहेको छ। युक्रेनमाथि आक्रमणको विरोध गर्नेहरुलाई रुसी प्रहरीले नियन्त्रणका लिने गरेको छ। 

National life

रुसी नागरिकहरुलाई य्रकेनमाथिको आक्रमणको बारेमा जानकारी गराउनका लागि रुसको शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई यसबारे भर्चुअल कक्षा सञ्‍चालन गर्न निर्देशन दिएको छ। रुसको शिक्षा मन्त्रालयले देशभरका विद्यालयमा रहेका विद्यार्थीहरुलाई 'युक्रेनमा जनमुक्ति मिसन किन आवश्यक पर्‍यो?' भन्‍ने विषयमा कक्षा सञ्‍चलान गर्न निर्देशन दिइएको हो। 

विद्यार्थीहरुलाई नाटोको उपस्थितिले उत्पन्‍न गर्नसक्ने खतरा, रुसले दोनेत्स्क र लुहान्स्कका नागरिकको सुरक्षा गर्नुको कारणलगायतका विषयमा पढाइने भएको छ। 

रुसी शिक्षा मन्त्रालयले सामाजिक सञ्‍जालम फेसबुकमार्फत जारी गरिएको विज्ञप्तिमा सूचनाको बाढीमा सत्य र झुटो कसरी छुट्याउने, फोटो र भिडियोमा वास्तविकता कसरी पहिचान गर्नेलगायतका विषयमा पढाइने उल्लेख गरिएको छ। - बीबीसी

प्रकाशित: Mar 03, 2022| 15:25 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।