शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनमाथि आक्रमण गरेको भन्दै पुटिनको गृहनगरमा प्रदर्शन, सयौं गिरफ्तार

युक्रेनमाथि आक्रमण गरेको भन्दै पुटिनको गृहनगरमा प्रदर्शन, सयौं गिरफ्तार

रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगरमा विरोध प्रदर्शन भएको छ। विरोधमा उत्रिएकाहरूलाई प्रहरीले धरपकड गरेको रोयटर्सले समाचार प्रकाशन गरेको छ।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

सेन्ट पिटर्सबर्ग(रुस)- रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगरमा विरोध प्रदर्शन भएको छ। विरोधमा उत्रिएकाहरूलाई प्रहरीले धरपकड गरेको रोयटर्सले समाचार प्रकाशन गरेको छ। 

National life

विरोधमा 'हतियार बिसाइदेऊ सेना, तिमी वास्तविक नायक हुनेछौ' भन्ने सन्देश लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो। 

दङ्गाविरोधी अधिकारीहरूले हिंसात्मक ढङ्गले प्रदर्शनकारीलाई तितरबितर पारेका छन्। पछिल्ला केही दिनयता सयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ।

जेलमा रहेका पुटिनका आलोचक एलेक्सी नभाल्नीले अतिक्रमणविरुद्ध दैनिक प्रदर्शन गर्न आह्वान गरेपछि रुसमा प्रदर्शनहरू सुरु भएका हुन्।

प्रकाशित: Mar 03, 2022| 13:38 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।