काठमाडौं- रेजर्सले यो वर्षको नेपाल सुपर लिगको लागि मार्की खेलाडी सार्वजनिक गरेको छ। साविक विजेता समेत रहेको रेजर्सले यो वर्षको प्रतियोगिताका लागि यो वर्षका लागि पनि प्रशिक्षक बालगोपाल महर्जनलाई निरन्तरता दिएको छ।
महर्ज नेपाली फुटबलका निकै सफल प्रशिक्षक हुन्। उनले दक्षिण एसियाली खेलकुदमा पनि गोल्ड मेडल जितेका छन्। प्रशिक्षक महर्जनले यो वर्ष पनि उपाधि आफ्नौ पोल्टामा पार्न प्रयास गर्ने बताएका छन्।
‘हामीले गएको वर्ष पनि राम्रो गरेका थियौँ। यो वर्ष पनि टिमका सबैको हसयोगले उपाधि जित्नेछौं,’ प्रशिक्षक महर्जनले भने, ‘पहिलो सिजन कोभिड-१९ को महामारीको बीचमा पनि खेल्यौँ। धेरै जोखिम मोलेर प्रतियोगिता खेल्यौँ। यसपाली त्यो जोखिम कम छ। गएको वर्ष टिभिमा हेरेर सफल भयो भन्यौँ। यसपाली रंगशालामै गएर हेर्नुपर्छ’
उनले काठमाडौं प्रतियोगिताको आयोजक ठाउँ भएको कारण यो ट्रफी पनि आफैँ राख्ने बताएका छन्। त्यस्तै, पछिल्लो सिजनमासमेत मार्की खेलाडी रहेका विकेश कुथुलाई क्लबले यो वर्ष पनि निरन्तरता दिने भएको छ। विकेश कुथु त्रिभुवन आर्मी फूटबल क्लबका समेत गोलरक्षक रहेका छन्।
आफू मार्की खेलाडी बनेका विकेश कुथूले यो वर्ष पनि उपाधि जित्ने लक्ष्यका साथ टिम बनाउने बताएका छन। ‘गत वर्षको झैँ यो वर्ष पनि हामीले आफ्नो क्षमताको दुई सय प्रतिशत दिएर हामी उपाधि जित्ने योजनामा छौं। त्यसरी नै टिम निर्माण गर्नेछौं,’ उनले भने,‘राम्रो लिडर बन्ने लक्ष्य छ। उपाधि घरमै राख्ने हो।’