आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पाँचौं संस्करणको खप्तड गोल्डकप आजबाट : पहिलो खेलमा मनाङलाई दिल्लीको चुनौती

पाँचौं संस्करणको खप्तड गोल्डकप आजबाट : पहिलो खेलमा मनाङलाई दिल्लीको चुनौती

दिउँसो २ बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङदी क्लबले भारतीय क्लब दिल्लीको सामना गर्नेछ।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

धनगढी- पाँचौ संस्करणको खप्तड गोल्डकप आजबाट धनगढी रंगशालामा सुरु हुँदैछ। चैथो संस्करणसम्म सफल रुपले सञ्चालन गरिएको प्रतियोगिता यो वर्ष फागुन १९ गतेबाट सुरु हुन लागेको हो।

National life

दिउँसो २ बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङदी क्लबले भारतीय क्लब दिल्लीको सामना गर्नेछ। खेलको अघिल्लो दिन आयोजना भएको पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षक र कप्तानले जितको लक्ष्यका साथ खेल्ने बताएका छन्।

गोल्डकपमा यि दुई क्लबसहित आयोजक सुदुरपश्चिम ११, फेन्ड्स क्लब, हिमालयन शेर्पा, क्यामरुनी क्लब एभिनिर, एनजेजेवाईसी एफसी, बागमति युवा क्लब, एनआरटी र मछिन्द्र क्लबले सहभागिता जनाएका छन्।

प्रतियोगिताको विजेताले २१ लाख पुरस्कार जित्नेछ भने उपविजेताले १० लाख पुरस्कार जित्नेछ। त्यसैले, यो प्रतियोगिता देशको निकै रोमाञ्चक प्रतिस्पर्धा पनि हुने गरेको छ। प्रतियोगितामा सर्वोत्कष्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्डका साथै सर्वाधिक गोलकर्ताले जनही २५ हजार पुस्कार पाउने छन्। यो पुरस्कार उत्कृष्ट प्रशिक्षक र उदयीमा खेलाडीले पनि पाउने छन्।

हरेक खेलमा उत्कृष्ट हुने खेलाडीले  १० हजार पुरस्कार पाउने छ। प्रतियोगिता हेर्न आउने विद्यार्थीहरुले टिकट रकममा ५० रुपैयौ छुट पाउने छन्।

Laxmi sunrise bank
kumari

आयोजक सुदूरपश्चिम ११ का अध्यक्ष सुरेस हमालले टिकट दर गत सिजनको जस्तै राखेको बताएका छन्। आज २ बजेबाट सुरु हुने प्रतियोगिताको लागि आवश्यक तयारी सकिएको पनि उनले जानकारी दिए।

प्रकाशित: Mar 03, 2022| 10:55 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।