काठमाडौं- विराटनगन सिटी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा संकटाको प्रशिक्षण सम्हालेका विष्णु गुरुङलाई दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा मूख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ।
एक सूचना जारी गर्दै प्रशिक्षक र मार्की खेलाडी सार्वजनिक गरेको हो। मार्की खेलाडीमा मोरङका रञ्जित धिमालले नै निरन्तरता पाएका छन्। पछिल्लो सिजनमा पनि मार्की रहेका रञ्जितलाई यो वर्ष पनि निरन्तरता दिन पाउँदा क्लबले प्रेस विज्ञप्तिमार्फत् खुसी व्यक्त गरेको छ।
त्यस्तै, क्लबले पछिल्लो सिजनमा राखेको विदेशी खेलाडी उलरिच सिवेलाई पनि निरन्तरता दिने बताएको छ। विराटनगर सिटी फुटबल क्लबका पहिलो सिजनका प्रशिक्षक यान ललाई नेपाल सुपर लिगले एक सिजनका लागि प्रतिबन्धमा गरेको छ।
यसकारण भारतीय प्रशिक्षक ल ले यो वर्ष प्रतियोगिता खेलाउने छैनन्। पछिल्लो सिजनमा राम्रो प्रदर्शन गरे पनि विराटनगरले अन्तिम चारमा स्थान बनाउन सकेको थिएन्।