शनिबार, मंसिर १३, २०८२

गण्डकीका महिलालाई क्यान्सर उपचारमा ५० प्रतिशत सहुलियत

प्रदेश सरकारले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सरसँग यससम्बन्धी सम्झौता गरेको हो।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

गण्डकी-  गण्डकी प्रदेशका महिलाले स्त्री प्रजनन अङ्गमा हुने क्यान्सरको उपचारमा ५० हजार सहुलियत पाउने भएका छन्। प्रदेश सरकारले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सरसँग यससम्बन्धी सम्झौता गरेको हो। 

National life

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले आज निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार गण्डकी प्रदेशका स्त्री प्रजनन अङ्गसँग सम्बन्धित क्यान्सरको उपचारका लागि प्रदेश सरकारले ५० हजार बराबरको सहुलियत दिने छ। 

नेपाल सरकारले उपलब्ध गराउने रु एक लाख खर्च भइसकेपछि गण्डकी प्रदेशका महिलाले यो सुविधा लिन पाउने कार्यकारी निर्देशक डा गौतमले जानकारी दिए। उनले भने, ‘गण्डकीका महिलाले प्रजनन् अङ्गसँग सम्बन्धित क्यान्सरको उपचार गर्दा नेपाल सरकारको रु एक लाखपछि प्रदेश सरकारको ५० हजार सहुलियत पाउने छन्।’

उनका अनुसार स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सरलगायतको उपचारमा यो सहुलियत लिन पाइने छ। गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाले यो सुविधा लिन पाइने डा. गौतमको भनाइ छ। सचिव डा तिवारीले प्रदेश सरकारको नीतिअनुरुप नै यो सम्झौता गरिएको बताए।

उनले आगामी वर्षको कार्यक्रममा महिला, पुरुष र बालबालिकामा हुने सबै खालका क्यान्सरमा सहुलियत दिने कार्यक्रम ल्याउने योजना रहेको बताए। उहाँले भने, ‘यो सुरुआत मात्रै हो, आगामी वर्षको कार्यक्रममा सबै खालका क्यान्सरमा सबैले सहुलियत पाउने गरी योजना ल्याउँदैछौं।’   रासस 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 03, 2022| 10:20 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।