आइतबार, मंसिर ७, २०८२

कोभिड-१९ जोखिममा कमी आएसँगै झापामा खेलकुद गतिविधि बढ्यो

दमकमा दुई ठूला प्रतियोगिताको आयोजना गरिएका छन् भने बिर्तामोडमा राष्ट्रियस्तरको गोल्डकप हुँदै छ। त्यसैगरी कमल गाउँपालिकामा भने अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरिएको छ।
 |  बिहीबार, फागुन १९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १९, २०७८

झापा- कोभिड-१९ को जोखिम केही कमी आएसँगै झापामा खेलकूदका गतिविधि हुन थालेका छन्। जिल्लाको मुख्य सहर तथा गाउँगाउँमा खेलकूदका गतिविधि हुन थालेका पाइएको छ।

National life

दमकमा दुई ठूला प्रतियोगिताको आयोजना गरिएका छन् भने बिर्तामोडमा राष्ट्रियस्तरको गोल्डकप हुँदै छ। त्यसैगरी कमल गाउँपालिकामा भने अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरिएको छ। ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर दमकमा प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता-२०७८ तयारी तीव्र पारिएको दमक नगरपालिकाले जनाएको छ।

नगर खेलकूद विकास समिति, दमक भलिबल विकास उपसमिति र दमक कराते खेल उपसमितिको संयुक्त आयोजनामा यही फागुन २१ देखि २४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकूद विकास समितिका अध्यक्ष भीमराज केसीले जानकारी दिए। उनका अनुसार महिला खेलाडीको क्षमता अभिवृद्धि गराउन महिला लक्षित भलिबल प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, नेपाल सशस्त्र प्रहरी बल काठमाडौं, न्यू डाइमन्ड स्पोट्स एकेडेमी काठमाडौं र आयोजक प्रदेश नं १ ‘ए’ र ‘बि’ सहभागी बन्ने छन्। प्रतियोगिताका बिजेताले रु दुई लाख, द्वितीयले रु एक लाख साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्, भने विभिन्न बिधागत, उत्कृष्ट खेलाडी र सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

दमकमा आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता

Laxmi sunrise bank
kumari

यस्तै यही फागुन २७ देखि २९ गतेसम्म प्रथम दमक मेयरकप पालिका आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता पनि हुँदैछ। उक्त कराते खेल सम्पन्न गर्न कूल रु १२ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ। यसमा नगरपालिकाबाट रु तीन लाख, प्रदेशसभा सदस्य अर्जुन राईको निर्वाचन क्षेत्र विकास कोषबाट दुई लाख र अन्य संस्थाबाट पाँच लाख ५० हजार सङ्कलन गरिने कराते खेल विकास उपसमिति संयोजक बिमल खतिवडाले जानकारी दिए। प्रतियोगिताको भलिबल खेल दमक–७ स्थित पशुहाट र कराते सिद्धार्थ माध्यमिक अङ्ग्रेजी स्कुलको खेल मैदानमा हुने छ। 

फागुन २१ देखि ३० सम्म झापा गोल्डकप

यसैगरी गतवर्ष कोभिडका कारण रोकिएको झापा गोल्डकप यसवर्ष यही फागुन २१ देखि ३० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

विर्तामोड नगरपालिकामा रहेको डोमालाल रङ्गशालामा हुने उक्त नेपाल आइस पाँचौँ झापा गोल्डकप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन्। खेलको उद्घाटन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजक संस्थाले जनाएको छ।

 उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुने गोल्डकप समितिका महासचिव गजेन्द्र पौडेलले बताउनुभयो। पाँचौँ संस्करणको गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार प्राप्त गर्नेछन्। गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको महासचिव पौडेलले बताए।

प्रदेशस्तरीय प्रथम अध्यक्षकप

कमल गाउँपालिका खेलकूद विकास समितिको आयोजनामा यही फागुन २५ देखि ३० गतेसम्म प्रदेशस्तरीय प्रथम अध्यक्षकप हुँदैछ। प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेड स्टार फुटबल क्लब इलाम, श्री नयाँ श्रीनाथ गण चारआली झापा र आयोजक टिम कमल गाउँपालिका खेलकूद विकास समिति रहने जनाइएको छ। प्रतियोगिताको विजेताले दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।  रासस


प्रकाशित: Mar 03, 2022| 11:50 बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।